काठमाण्डौँ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुरस्कार वितरण एवं समर्पण कार्यक्रममा नुरगंगा प्रतिभा पुरस्कार गुठीले तीस हजार नगद राशि सहितको लोक गायन पुरस्कार लोक गायक डिल्ली नारायण पाण्डेयलाई प्रदान गरेको छ । यसैगरी नव प्रतिभा पुरस्कारद्वारा अर्का लोक कलाकार प्रकाश दुतराजलाई सम्मान गरेको छ । बाल साहित्य पुरस्कार संयुुक्त रुपमा प्राध्यापक राम कुमार पाँडे र रामबाबु सुवेदीलाई र नव प्रतिभा क्षेत्रीय साहित्य पुरस्कार सागर पौडेललाई प्रदान गरिएको र सबैलाई नगद सहित सम्मान गरिएको सदस्य सचिव यज्ञ प्रसाद शर्मा पोख्रेलले बताउनु भयो । विगत ३० वर्ष यतादेखि लगातार गुठीले कला र साहित्य क्षेत्रमा सक्रिय एवं योगदान पु¥याएका प्रतिभाहरुलाई सम्मान गर्दै आइरहेको छ ।










