कञ्चनको दानापुरमा दुईदिने चित्रकला कार्यशाला, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा
रुपन्देही- असार । कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनको वडा नम्बर १ दानापुरस्थित गजेडीतालमा दुईदिने चित्रकला कार्यशालासम्पन्न भएको छ । रुपन्देही आसपास र काठमाडौंबाट आएका २० जना कलाकारहरुले गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र साँस्कृतिक एवं प्राकृतिक सम्पदाको चित्र बनाउनुभएको हो । चित्रकला कार्यशाला समापनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कला वर्तमान समयको जीवन्त प्रतिबिम्ब भएको बताउनुभयो । उहाँले कलाले चित्रकला प्रदर्शनीले यहाँका सबैजसो क्षेत्रका पहिचान दिलाउन सहयोग पुगेको र हरेक चित्रले कञ्चनको भाइब्स बोलेको बताउनुभयो । वर्तमानलाई भविष्यसँग जोड्न सक्ने कलाकार र कलामा राज्यको नजर पुग्न नसकेको बताउँदै अध्यक्ष ढकालले कला र संस्कृतिमा राज्यको नजर पुग्नुपर्ने बताउनुभयो । उहाँले कञ्चनको समग्र रितिरिवाज र चित्रकलाले देखाउन नसकेका कयौं कुराहरुलाई यस क्षेत्रको कला घरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चित्रकलामार्फत कञ्चनको पहिचान र यस क्षेत्रको प्रवद्र्धनका लागि ठूलो योगदान पुर्याएकोले आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने बताउनुभयो । उहाँले कञ्चनको प्राकृतिक क्षेत्रको विश्वसामु पुर्याउने उद्देश्यले गरिएको चित्रकला कार्यशालामा रहेका कलाकारहरुलाई दिनुभयो । उहाँले अझ ठुलो रुपमा कञ्चानको पहिचान हुने गरी कार्यक्रम अगाडि बढाइने बताउनुभयो ।










