पोखरा, असार : सिटिइभिटी अन्तर्गत नेपालको एक मात्रै निजी शिक्षण सस्था अन्तर्गत पढाई हुने डिप्लोमा तहको ब्युटी एन्ड कस्मेटोलोजि कोर्स पोखराको औद्योगिक क्षेत्रमा रहेको गण्डकी टेक्निकल ईन्स्टिच्युट प्रा.लि.मा पढाई हुने भएको छ ।सरकारले नेपालमा हाल संचालित ब्युटी पार्लर एवं कस्मेटिक (सौन्दर्य) पेशालाई मर्यादित एवं समय अनुसार बिश्व बजार सङ प्रतिस्पर्धी बनाउनको लागि ३ बर्शे डिप्लोमा तहको कोर्स डिजाइन गरेर पहिलोपटक संचालन गरेको हो । बिदेशमा राम्रो पारिश्रमिक सहित उच्च माग रहेको यो तहको जनशक्ति नेपालमा हाल सम्म छैन । नेपालमा हाल (जुलाई २०२५ सम्म) लगभग ३,१०९ वटा ब्युटी पार्लर (beauty salons) छन्, जसमा राजधानी काठमाडौंमा मात्र करिब ८७६ स्थान धेरै सघन रूपमा रहेका छन् । यदि ब्युटी पार्लर र कस्मेटिक पसल सबै सामेल गर्ने हो भने, “Beauty & Personal Care” मा कुल ४८२ वटा कम्पनी/व्यापारिक प्रतिष्ठानहरू छन् । विभिन्न तथ्याङक अनुसार, देशभरमा करिब ४ लाख (४००,०००) जना ब्युटी व्यवसायी रोजगारमा लागेका छन् र तीमध्ये लगभग ९० % महिला छन् ।
त्यस्तै, लगभग २००,००० वटा ब्युटी इन्स्टिच्युट दर्ता भइसकेका छन् । यी मध्य ९९% तिन महिनाको (लेभल-१) र छ महिनाको (लेभल-२) तालिम प्राप्त ब्यक्ति द्वारा संचालित छ्न । जुन विश्व बजार अनुसारको मापदण्ड अनुरुप छैनन् । त्यसैले सरकारले बिस्तारै यस्लाइ थप कडाइ गर्दै लैजाने र नेपाल लगाएर दोस्रो तेस्रो मुलुकमा अत्याधिक सम्भावना बोकेको यो क्षेत्रलाई ब्यबस्थित बनाउन र नियमन गर्नको लागि यो कोर्स लाई अगाडि सारेको बुझिन्छ ।बिस्तारै केही जनशक्ति तयार भएपछि कुनै पनि कस्मेटिक एवं सौन्दर्य सम्बन्धि पसल खोल्न वा पसलमा कार्य गर्नको लागि यस्को लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको बुझिन्छ । गण्डकी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष ध्रुब शर्माको अनुसार गत साल देखि सुरु भएको यो कार्यक्रममा देशैभरी बाट यो कोर्सको बारेमा चासो बढेको र विद्यार्थीहरुले पढ्न फारम भरेको बताए ।गण्डकी टेक्निकल ईन्स्टिच्युटमा CTEVT अन्तर्गत हाल Beauty & Cosmetology को साथै डिप्लोमा तहको ३ बर्षे कार्यक्रम अन्तर्गत सामन्य चिकित्सा(HA), फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी(CMLT) र १८ महिने भेटनरी जेटिए (V-JTA) कोर्सको पढाई हुदै आएको छ ।