एसईई पास विद्यार्थीका लागि काठमाडौंमा निःशुल्क +२ अध्ययनको छात्रवृत्ति, ‘प्रोजेक्ट शिक्षा’मा आवेदन खुला

प्रकाशित मिति:

 

काठमाडौं, असार ९ – नेपालभरिका एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीका लागि काठमाडौंमा निःशुल्क कक्षा ११ अध्ययन गर्न सकिने ‘प्रोजेक्ट शिक्षा’ (Project Shiksha) नामक छात्रवृत्ति कार्यक्रमको आवेदन खुला गरिएको छ।

Hundred Group Nepal को समन्वयमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत देशभरबाट ११० जना विद्यार्थीहरू छनोट गरिनेछन्। तीमध्ये ६० जनालाई पूर्ण छात्रवृत्ति र ५० जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ।

पूर्ण छात्रवृत्तिमा ३० पुरुष र ३० महिला गरी कुल ६० जना विद्यार्थीले कक्षा ११ अध्ययनको सम्पूर्ण शुल्क, खानपान र होस्टेल सुविधा निःशुल्क पाउनेछन्।
आंशिक छात्रवृत्तिमा भने ५० जना विद्यार्थीले केवल शैक्षिक शुल्क निःशुल्क पाउनेछन्, अन्य खर्च भने आफ्नै तर्फबाट व्यवस्थापन गर्नुपर्नेछ।

विद्यार्थीहरूको शैक्षिक योग्यता, आवश्यकता र प्रेरणाका आधारमा छनोट प्रक्रिया हुने आयोजक संस्था Hundred Group Nepal ले जानकारी दिएको छ। आवेदन फारम अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ।

आवेदन फारम भर्नुहोस्:
👉 https://projectshiksha.hundredgroupnepal.org

आवेदनको अन्तिम म्याद:
२०७९ साल असार ३० गतेसम्म

थप जानकारीको लागि सम्पर्क:
📞 9861116456
📞 9844440964
📞 9701172603

‘प्रोजेक्ट शिक्षा’ कार्यक्रमले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षाको पहुँचमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।