खप्तडी बस्नेत वशावली हेमन्तपुरमा २० लाख वरावरको क्षति

प्रकाशित मिति:

विजौरी । खप्तडी बस्नेत वशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यालय हेमन्तपुरमा लगातार परेको पानिले ठुलो क्षति भएको छ । केहि हप्ता अगाडी कुल पुजाको लागि सम्माएको जमिनलाई अत्याधिक परेको पानीले वगाउदा नवनिर्वित आरसिसी पर्खाल समेत भत्किएको छ । समितीका अध्यक्ष डिल्ली वहादुर बस्नेतका अनुसार वस्नेत वन्धुवान्धवहरुवाट मुट्ठीदान अनि आर्थिक संकलन गरि सम्पन्न पर्खालमा क्षति हुदाँ कुल पुजाका लागि उक्त मैदानका वारेमा सबै वन्धवान्धव चिन्तित भएको वताउनु भएको छ र्। अहिले हामीलाई धेरै ठुलो नोक्सानी भएको छ’ अध्यक्ष बस्नेतले भन्नुभयो । कति पटक वन्धुवान्धवहरुसँग सहयोगको अपिल गर्ने ? पहिला पनि धेरैनै आर्थिक सहयोग भैसकेको छ अव हामी स्थानिय सरकार सँगै विपत्को लागि हामी सम्वन्धित निकायमा पहल गर्छौ अध्यक्ष वस्नेतले भन्नु भयो ।

आज विहिवार आकास्मिक वैठक बसि तत्काल सहयोग माग्ने निर्णय समेत गरेको छ । उक्त बैठकका तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टिकाराम खड्का, वडा नम्वर १७ का वडाध्यक्ष थलराज पुरीले आ–आप्mनो स्थरवाट जेजति हुन्छ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । २०६३ सालमा औपचारिक रूपमा दर्ता गरिएको खप्तडी बस्नेतले वंशावली प्रकाशन गर्नुका साथै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१७ स्थित हेमन्तपुरमा १ विगाह १० कठ्ठा भन्दा बढि जमिनमा कुलमन्दिर, शिवमन्दिर, गणेशमन्दिर, भुवनेश्वरी देवीको मन्दिर, एउटा सभाहल र गोदाम हल निर्माण गरिसकेको छ भने कुलपुजा गर्ने मन्दिरको चारैतिर पर्खाल निर्माण गरिएको थियो । उक्त कुल पुजाका देवस्थल वरिपरि जग्गा फराकिलो गरि सम्माई आरसिसिको पर्खाल लगाइएको थियो । हालसम्म दाङ जिल्ला र आसपासका जिल्लाका गरी ३ सय भन्दा वढिे आजीवन सदस्यता लिएका खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यालयले जनाएको छ ।