मोहनाजोत स्थित जनता मा.वि.भाठामा एक दिने निःशुल्क दन्त शिविर

प्रकाशित मिति:

मणिग्राम  । तिलोत्तमा –१२ मोहनाजोत स्थित जनता मा.वि.भाठामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ‘क्याम्पस –समुदाय–सहकार्य’ कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिनुभयो । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई र विस्तारित समितिले आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर आयोजना गरेका थिए । शिविरमा २७२ जनाको निःशुल्क दन्त परीक्षण गरिएको क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईका संयोजक विन्दु आचार्यले जानकारी दिनुभयो । त्यसअघि शिविर उद्घाटनका वक्ताहरूले विभिन्न संस्थाहरूका सहकार्यले भित्री बस्तीहरूसम्म निःशुल्क सेवा पु¥याउन सकिएको बताएका थिए ।

कार्यक्रममा आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलका सञ्चालक अमृत भुसाल, विद्यालयका अध्यक्ष विष्णुबहादुर बोहरा, प्रधानाध्यापक शालिकराम खनाल लगायतले बोल्नुभएको थियो ।शिविरमा डेण्टल समाजका तर्फबाट डाक्टर रक्षा अर्याल, डाक्टर पूर्णिमा पाण्डे, डेण्टल हाइजिनिष्ट लक्ष्मी थापा, नवीन पराजुली, रमा पौडेल लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो । क्याम्पसका सहायक प्राध्यापक कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रम उपप्राध्यापकहरू नारायणप्रसाद भूसाल, भिमलाल घिमिरे, कार्यालय सहयोगी नारायण खराल लगायतको संयोजनमा सम्पन्न भएको थियो ।