प्रेसिडेन्ट ग्रुपको १६औँ आउटलेट लुम्बिनीमा नेपाली स्वाद सहितको प्रिभिलेज सेवा शुरु
प्रेसिडेन्ट ग्रुपले लुम्बिनीमा आफ्नो १६औँ शाखा संचालनमा ल्याएको छ। काठमाडौंमा सञ्चालन भइरहेका १५ शाखापछि शनिबारदेखि लुम्बिनीको महिलवार चोक, ५ नं। गेट माया देवी मन्दिर नजिकै औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ । सुरुवाती चरणमै २५ वटा आकर्षक र सुविधासम्पन्न कोठासहित संचालनमा आएको होटलले स्वच्छ ,शान्त वातावरण, नेपाली आर्गानीक खानामा जोड र ग्राहकलाई सस्तो तथा गुणस्तरीय सेवा दिने प्रतिबद्धता सहित लुम्बिनिबाट पनि ओैपचारिक सेवा सुरु गरेको छ ।
होटल उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशका उद्योग र पर्यटनलाई समृद्ध नेपाल निर्माण गर्ने प्रमुख माध्यमका रुपमा अघि बढाउनुपर्ने वताउनु भएको थियो । । स्वाद ,स्वस्थ्य र आतिथ्यता सँगसँगै भन्ने मुल मन्त्र र उद्धेश्य सहित २०६३ सालमा काठमाडौंको सुन्धार बाट प्रेसिडेन्ट होटल बाट सुरुवात गरेको व्यवसायीक यात्रामा एक पछि अर्को सफलता थपिदै गएको छ । २०६८ साल देखी प्रेसिडेन्ट ग्रुपको नामबाट व्राण्डिङ भएको यो होटल हाल १९ बर्षको दौरानमा नेपालमै नेपाली स्वाद र राम्रो हस्पिटालिटिको पहिचान कायम गर्न सफल भएको छ ।प्रेसिडेन्ट विजनेश ग्रुपले आगामी तिन बर्ष भित्रमा देश भरमा ८ स्थानमा होटलहरु र कम्तीमा ५ वटा प्रेसिडेन्ट सेकुवा मल्टिक्युजिन रेस्टुरेन्ट सञ्चालमा ल्याउने र नेपालमै सम्भावना देखेका युवाहरुलाई प्रोत्साहन गर्ने गरी आगामी दिनमा प्रेसिडेन्ट मल्टिक्युजिन रेस्टुरेन्ट फ्रेन्चाईज वितरण गरी व्राण्डलाई बृहत्तर रुपमा विस्तार गर्ने लक्ष्य राखेको सोहि विजनेश ग्रुपमा अध्यक्ष शंकर भण्डारीले बताउनु भयो ।
प्रेसिडेन्ट ग्रुपले १ लाख ६ हजार ६ सय प्रिभिलेज गेष्टहरु बनाएको छ । जस्ले प्रेसिडेन्ट होटलको जुनसकै आउटलेटबाट पनि १५ प्रतिशत छुट लगायत बिशेष सुबिधा र अन्य अफरहरु पनि प्राप्त गर्छ । प्रेसिडेन्ट ग्रुपमार्फत हाल नेपालभर करिब ३५० जनाले रोजगारी पाएका छन्, जसमा २८ जना अपाङ्गता भएका व्यक्तिहरु पनि समावेश छन्। ग्रुपका अध्यक्ष शंकर भण्डारीले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै रोजगारीमा समावेशीता र अवसर सृजना गरिरहेको बताउनु भयो । उहाका अनुसार अनुसार, प्रेसिडेन्ट होटलमार्फत ग्राहकलाई सुरक्षित र सहज सुविधा दिने लक्ष्य राखिएको छ भने प्रेसिडेन्ट सेकुवालाई सिग्नेचर डिशका रुपमा अघि सार्दै मौलिक नेपाली खानालाई प्रवर्द्धन गरिनेछ। भण्डारीले भन्नुभयो नेपाली खाना स्वाद मात्र होइन, हाम्रो पहिचान पनि हो। त्यसैले हामीले पिज्जा वा बर्गरभन्दा स्थानिय उत्पादित बस्तुको अत्याधिक प्रयोग गरी मौलिक नेपाली खाना पस्केर हाम्रो मौलिकता जोगाइरहेका छौं।”होटलमा पर्यटकको आवश्यकता र मागअनुसार भारतीय, चाइनिज, इटालियन, थाई र कन्टिनेन्टल परिकारसमेत उपलब्ध हुनेछन् लुम्बिनीलाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रको लगानी र सक्रियता अपरिहार्य रहेको छ । प्रेसिडेन्ट ग्रुपको नयाँ होटल सञ्चालनले बाहय र स्थानीय पर्यटन उद्योगमा थप गति दिने विश्वास व्यक्त गरिएको छ।










