कूनै पनि पेशा व्यवसाय सानो या ठुलो हुँदैन त्यसलाई सञ्चालन गर्ने तौर तरिकाले मापन गर्ने गर्दछ अझ भनौं लगनशिल मेहेनत र धर्यता भयो भने त ढिलो चाँडो सफलताका लागी भौतारिनु पर्दैन् नै। हाे, यस्तै उदाहरण दिएका छन् गुल्मी जिल्ला साविक अर्खले हाल रेसुङ्गा नगरपालिका ४ का कृष्ण प्रसाद पन्थीले। सानै उमेरदेखि नै केहि नयाँ काम नया तरिकाले गर्नु पर्छ भन्ने सोच राख्ने पन्थीले विगत १५ वर्षदेखि हेयर कटिङ्ग र स्टाइलमा आफूलाई अब्बल प्रमाणित गरेका छन् । पढाइको सिलसिलामा भारतमा रहँदा पन्थीले हेयर स्टाइलमा सिकेको सीपलाई हाल नेपालमा प्रयोग गरिरहेका छन् । लामो समय दिल्लीमा हबीबमा काम् गरिसकेका उनले नयाँ पुस्ताको फेसन स्टाइललाइ बुझ्ने गरेका छन् । नेपालमा पनि हबीबमै ८ बर्ष विताएका पन्थी अहिले आफनै क्रिस हेयर ब्युटी एण्ड सलोन सञ्चालन गरेर युवा देखि प्रौढ सम्मको मन् जित्न सफल भएका छन। काठमाडौँ पुतलीसडकको स्टार मलकाे तल्लो तलामा रहेकाे उनको ब्युटी सलोन सवै उमेर समुहका व्यक्तिको रोजाइमा पर्ने गरेको छ ।
विज्ञान विषयलिएर अध्ययन गरेका उनी सानै देखि पढाइमा पनि अब्बल नै थिए जब देल्ली पुगे तब यही पेसालाई नै अगल्छु भन्ने प्रण गरे। र सीपलाई निखार्दै अगाडी बढे र नेपाल फर्किएर आफूलाई प्रमाणित गरिरहेका छन। हालसम्म एक हजार भन्दा बढीलाई हेयर स्टाइल र सैलुन सम्बन्धी प्रशिक्षण दीईसकेका उनले पूर्व मेची डेखि पश्चिाम महाकाली सम्म सेमिनार संपन्न गरेका छन् । उनैले सिकाएका विधार्थीहरू हाल कोही विदेशमा सीपकोे प्रयोग गरिरहेका छन् भने कोही नेपालमै आत्मनिर्भर भ्यका छन्। लामो समय हेयर स्टाइलमा चर्चित हबीबमा बितायका उनले आफ्नो व्यवसाय सञ्चालन भने ढिला गरेकाे हो की भन्ने ठान्छन्। यद्यपि उनमा सदैब गुदस्तरिय सेवा दिनु र ग्राहककाे मन् जित्नु पहिलो लक्ष्य रहेकाे बताउँछन्। हेयर कटिङ्ग,कलर, हाइलाइट र कपाल सम्बन्धी सवै सेवा दिने उनको सैलुनमा श्रीमती सोनु घिमिरे र कर्मचारीहरुले नेपालमै केहि गर्नु पर्छ भन्ने पन्थीको सपनाको उडानलाइ सघाइरहेका छन। नया पुस्तामा सैलुन जाने तरिका फेरिएको भन्दै यसको व्यवसायीकता बढेकोमा पन्थीले खुसी पनि व्यक्त गरे । अहिले आर्कषक सजाइएका सैलुन हरू बजारमा खुलिरहेका छन् जसले प्रतिस्पर्दा संघै गुदस्तरियमा पनि वृद्धि भइरहेको पन्थीको भनाइ छ। दैनिक २ दर्जन भन्दा बढीलाई सेवा दिने गरेका उनको सैलुनमा हाइ प्रोफाइलका ग्राहक देखि ब्यबसायी हरू बढी आउने गरेको बताउँछन्। सानै देखि संग्रश गरेका उनले जे काम गरे पनि मन वचनले राम्राे सङ्ग गरियो भने नेपालमै केहि गर्न सकिन्छ र आत्मविश्वास नगुमाउन यूवापुस्तालाइ आग्रह समेत गर्ने गरेका छन् ।










