तिलोत्तमा । मिलिजुली क्लब शंकरनगरले ‘जेनजी आन्दोलन’ का क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा सोमबार एक विशेष कार्यक्रमका बीच दीप प्रज्ज्वलन गरेको छ।कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष ईश्वर पाण्डेयले गर्नुभयो भने सञ्चालन महासचिव दिपक भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी टीकानिधि गौतमले शोक मन्तव्य व्यक्त गर्नुभयो। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे पनि कार्यक्रममा विशेष उपस्थित रहनुभएको थियो।
राष्ट्रिय गान, एक मिनेट मौन धारण र दीप प्रज्ज्वलनबाट प्रारम्भ भएको कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको थियो।साथै, आन्दोलनमा घुसपैठ गरी गैरकानुनी गतिविधि गर्नेहरूमाथि कारवाही, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, विकास निर्माणमा चुस्तता र नेता–कर्मचारीको सम्पत्ति छानबिन गरी कारवाही गर्नुपर्ने माग राखिएको थियो। मिलिजुली क्लबले जेनजी पुस्ताका युवाको चाहना र भावनाअनुसार अघि बढ्न सके मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउँदै, अब कुनै आन्दोलनको नाममा नेपालीको ज्यान नजाओस् भनी कामना गरेको थियो ।










