तिलोत्तमा,असोज २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता बिहिबारबाट शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ ।
बिहिबार भएको खेलमा शान्ति नमुना मा.वि, सञ्जिवनी बोर्डिङ र स्कलर्श होम बोर्डिङ अघिल्लो चरणमा प्रवेश गरेका छन् । शान्ति नमुनाले रुपन्देही लीलाराम मा.वि.लाई ५–० को गोल अन्तरमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । शान्तिको जीतका लागि आकाश डुम्रेले ३, गोविन्द थापा र शिखर चौधरीले १–१ गोलको योगदान गरेका थिए ।
सञ्जिवनीले लुम्बिनी वल्र्डलाई र स्कलर्श होमले न्यू इन्भाइरमेन्टलाई ट्राइव्रेकरमा हराँउदै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।
यसअघि शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुन, विद्यालयका अध्यक्ष शरद भट्टराई, सदस्य बुुद्धिप्रसाद डुम्रे, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापकहरु लोकनाथ कंडेल, दिपेन्द्र शाक्य लगायतले शुभकामना दिनुभएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।











