नेपाली काङ्ग्रेस नवलपरासीद्रारा केन्द्रिय नेतृत्व प्रति आक्रोश

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
असोज ४ गते
नवलपरासी । नेपाली काङ्ग्रेस नवलपरासीद्रारा पार्टीको केन्द्रिय कार्यसमिति प्रती तीब्र असन्तुष्टि व्यक्त गरेको छ । पार्टीको जिल्ला कार्यसम्पादन समितिको निर्णय अनुसार केन्द्रिय नेतृत्व प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।


नेपाली कांग्रेस नवलपरासी (पश्चिम) जिल्ला समितिका सचिव कुलदीप प्रसाद आचार्यले सार्वजनिक रूपमा नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै सो निर्णयलाई “अविवेकीय, असमयिक र अदूरदर्शी” बताएका छन्। आचार्यका अनुसार सो निर्णयले देशभरका कांग्रेस कार्यकर्तामात्र होइन, लोकतन्त्रमा आस्था राख्ने आम जनमतसमेत निराश भएको छ।


“उही व्यक्ति, उस्तै सोच, पुरानै कार्यशैली र ‘म नै सबैथोक’ भन्ने नियतबाट कांग्रेस फेरि कसरी उठ्छ, जुट्छ र संगठन विस्तार हुन्छ?” प्रश्न गर्दै आचार्यले भन्नू भयो ।


कठोर टिप्पणी: नेतृत्व सक्किने मार्गमा

सचिव आचार्यले पार्टीको उच्च नेतृत्वप्रति लक्षित गर्दै भनेका छन् “अब कांग्रेसका उच्च पदस्थहरू सच्चिने गतिमा होइन, सक्किने मतिमा लागे जस्तो देखिन्छ।” उहाले थप आरोप लगाउँदै भने, केन्द्रको गलत निर्णय, अदूरदर्शी व्यवहार र तल्लो तहप्रति रहेको हेपाहा दृष्टिकोणले पार्टी दिनदिनै कमजोर बन्दै गएको छ। सचिव आचार्यले आफ्ना जिल्लामा घर जलेर विस्थापित भएका नेता/कार्यकर्ताहरूको पीडालाई समेत उल्लेख गर्नु भयो ।


जेन्जी आन्दोलनका नाउमा केन्द्रिय सदस्य बिनोद चौधरी, संविधान सभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशका मन्त्री देवकरण प्रसाद कलवार, लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठक, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादव, सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, प्रतापपुर गाउपालिकाका उपाध्यक्ष मानकुमारी चौधरी र पाल्हीनन्दन गाउपालिकी उपाध्यक्ष सकिना फतिमा खातुनलगायतको काङ्ग्रेस भएकै कारण घर जलेर खरानी हुँदा पनि केन्द्र मौन बस्नु दुखद भएको उल्लेख गरेको छ ।


यस्तो परिस्थितिमा समेत केन्द्रिय नेतृत्व केहि नबोलेको उल्लेख गर्दै जिल्लाले आक्रोश व्यक्त गरेको छ । “तपाईंहरू कुकर्ममै लागिरहनुहुन्छ, हामी तल्लो तहमा काम गरिरहने? निर्दोष भएर पनि मूल्य चुकाउँदै बस्नुपर्छ? यस्तो अवस्थामा कहिलेसम्म बस्न सकिन्छ?” – आचार्यको आक्रोश छ ।