तिलोत्तमा, असोज ५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आइतबार भएका खेलहरुबाट सेमिफाइनल समिकरण पूरा भएको हो ।
आज भएको खेलबाट शान्ति नमुना मा.वि., केरवानी मा.वि., देवदह इङ्गलिस बोर्डिङ् र अक्सफोर्ड मा.वि. सेमिफाइनलमा प्रवेश गरेको विद्यालयका सुचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शान्तिले नेपथ्य कलेजलाई, केरवानीले लुम्बिनी सिटि कलेजलाई, देवदहले अक्सफोर्ड कलेजलाई र अक्सफोर्ड मा.वि.ले स्कलर्श होमलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । आजका सबै खेल २–० को गोल अन्तरमा टुगिंएका थिए ।
सोमबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनल खेलमा केरवानी मा.वि.ले अक्सफोर्ड मा.वि. को सामना गर्नेछ भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनल खेलमा शान्ति नमुना मा.वि. र देवदह इङ्गलिस बोर्डिङ् आमने सामने हुने छन् ।
प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।










