काठमाडौं – नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा प्रेरणादायी गीत “नेपालीको मन” आधिकारिक रूपमा सार्वजनिक भएको छ । गीतलाई आधिकारिक रूपमा गायक दिनेश खड्काको युट्युुव मार्फत सार्वजनिक गरिएको छ।
यो गीतले जेन जि आन्दोलनपछि नेपाली समाजमा सद्भावना, आत्मबल, र सकारात्मक सोचको महत्वलाई उजागर गर्ने उद्देश्य राखेको छ।
गीतको माध्यमबाट, वर्तमान सामाजिक र व्यक्तिगत चुनौतीहरूबीच पनि आशा र विश्वास कायम राख्नका लागि सबै नेपालीलाई प्रेरित गर्ने सन्देश प्रवाह गरिएको छ । गीतमा निराशालाई आशामा बदल्ने, आत्मबलको महत्व र देशप्रतिको मायालाई विशेष रुपमा उजागर गरिएको छ।
गीतमा शब्द सृजना तथा गायन दिनेश खड्काको रहेको छ भने संगीत सृजना विजय सापकोटाले गर्नुुभएको छ ।
गीतको संगीत संरचना र लय आधुनिक श्रोताहरूको रुचि अनुसार छ, भने शब्दहरूले भावनात्मक गहिराई प्रदान गरेको छ । गीतमा प्रयोग भएका धुन, ताल, र शब्दहरूले नेपाली जनमानसमा सकारात्मक सोच र उत्साह जगाउने प्रयास गरेको गायक दिनेश खड्काले बताएका छन् ।
गीतको सार्वजनिक भएसँगै यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रेरणाको सृजनात्मक पहलको रुपमा चर्चा पाउने अपेक्षा गरिएको छ । टिम “नेपालीको मन” का अनुसार, यो गीतले केवल मनोरञ्जन मात्रै नभई सामाजिक सन्देश प्रवाह गर्ने र नेपाली जनमानसमा आत्मविश्वास र उत्साह थप्ने उद्देश्य राखेको छ ।
गीत निर्माण टिमले सबै देशभक्त नेपाली संगीतप्रेमी, युवा वर्ग, र आम दर्शक–श्रोताहरूलाई गीत सुन्न, हेर्न र आफ्ना प्रतिक्रिया व्यक्त गर्न हार्दिक अनुरोध गरेको छ। साथै, गीतलाई धेरैभन्दा धेरै शेयर गरेर समाजका विभिन्न वर्गसम्म पुर्याउन आग्रह गरिएको छ।
यस गीतलाई यहाँ सुन्न र हेर्न सकिन्छः










