आज पौष शुक्ल प्रतिपदा, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ पौष २२ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २२ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको प्रतिपदा तिथि विहानका अहोरात्र रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र बेलुका ५।२२ बजेसम्म रहनेछ । आज व्याघात योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।२२ बजे हुनेछ ।चन्द्रमा आज धनु राशिमा छन् । आज पौष शुक्ल पक्षको प्रतिपदा तिथि आइतबार हो त्यसैले आज सूर्य भगवानको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५