ॐ जीवन कसरी सफल हुन्छ ? हेर्नुहोस् आजको नीति वचन ! राधे राधे !!

प्रकाशित मिति:

वाणी रस्वती यस्य, यस्य श्रमवती क्रिया ।
लक्ष्मी दानवती यस्य, सफलं तस्य जीवितम् ।। –नीति वचन

जसको बोली मीठो छ, कार्य परिश्रमयुक्त हुन्छ र धन दानमा प्रयुक्त हुन्छ उसैको जीवनलाई सफल मानिन्छ ।

बोलीमा कर्कश हुने व्यक्तिको जीवनलाई सफल मानिएको छैन । जीवनमा सफलताका निम्ति पहिले बोलीमा मिठास भर्न सक्नु पर्दछ । बोलीमा मीष्ठपन हुने व्यक्तिको जीवन सफल हुनसक्छ । यसैगरी जीवनमा सफलताका निम्ति परिश्रम पनि महत्त्वपूर्ण रहने गर्दछ । जसले परिश्रम गर्दैन उसको जीवन पनि विफल नै हो । कार्यमा यत्न गर्नु नै सफलताको कडी पनि हो । यसैगरी धन हुनुलाई मात्र जीवन सफल भन्न सकिदैन । दान गर्न नसक्ने जीवनलाई पनि व्यर्थ मानिएको छ । अतः जीवनमा सफलता प्राप्तिका निम्ति मीठो बोली वचन, परिश्रमयुक्त कार्य र दान गर्ने प्रवृत्ति हुनु पर्दछ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–