शान्ति नमुनामा विभिन्न रचनात्मक कार्यक्रम

प्रकाशित मिति:

तिलोत्तमा, मंसिर ५ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विविध रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कक्षा १ देखि ३ सम्म ६७ औं वार्षिकोत्सव केन्द्रित शैक्षिक गतिविधिहरु, कक्षा ४ र ५ मा सांस्कृतिक पहिरन प्रदर्शन कार्यक्रम गरिएको छ ।
यस्तै कक्षा ६ का विद्यार्थीहरुबिच खाना पकाउने प्रतियोगितामा सम्पन्न भएको छ । कक्षा ७ का विद्यार्थीहरुको लागि भने शिक्षक कल्पना कुवँरले योग अभ्यास गराउनुभएको थियो ।
यस्तै कक्षा ८ र ९ का विद्यार्थीहरुको लागि फुटबल प्रतियोगिता गरिएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेले बताउनुभयो ।
यसैगरी आइ सि टि क्लवको संयोजन तथा हिमाल पाण्डे र रजनी केसीको नेतृत्वमा तिलोत्तमा–९ मा समुदाय केन्द्रित कार्यक्रम गरिएको छ । सो अवसरमा साइवर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
यस्तै शान्ति बाल क्लवको संयोजनमा सीता गौतमको नेतृत्वमा लागुपदार्थ दुरुपयोग सम्बन्धि जनचेतनामुलक र्याली गरिएको छ ।