रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित प्रथम नगरस्तरीय मित्रता क्याम्प (फ्रेन्डसिप क्याम्प)–२०८२ सम्पन्न भएको छ। स्थानीय स्काउट तिलोत्तमा नगरपालिकाको आयोजनामा जनभावना माध्यमिक विद्यालयमा बिहीबारदेखि सुरु भएको तीनदिने क्याम्प शनिबार समापन भएको हो। क्याम्पको समापन कार्यक्रम लुम्बिनी प्रदेश स्काउट कार्यालयका प्रमुख तारा पुरीले गर्नुभएको थियो।
समापन कार्यक्रममा पुरीले क्याम्पमा सहभागी विद्यार्थीहरूले समुदायप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी, असल नागरिक बन्ने दायित्व र सामाजिक चेतनाबारे महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो। उहाँले मित्रता क्याम्पमार्फत साहसिक गतिविधि, विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नेतृत्व तथा क्षमता विकास, आपसी सहकार्य र मित्रता विस्तार जस्ता महत्वपूर्ण कार्यहरू भएकाे बताउनुभयो । उहाले क्याम्पले विद्यार्थीलाई थप अनुशासन र सहयोगी भावको विकासमा मद्धत पु¥याएको बिश्वास व्यक्त गर्दै सिकेको कुरालाई व्यवहारमा उतार्न समेत सहभागीलाई आग्रह गर्नु भएको थियो।
कार्यक्रममा स्थानीय स्काउट कञ्चनका प्रमुख आयुक्त युवराज गौतम, पश्चिम पहुनी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा नारायण श्रेष्ठ, शान्ति नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कडेल, प्रशिक्षक तथा सैनामैना स्काउट क्रिउका रोभर लिडर अमृत सुनार, विशाल पाण्डे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
त्यसैगरी प्रशिक्षार्थीहरूको तर्फबाट शान्ति नमुना माध्यमिक विद्यालयकी प्रकृति काफ्ले, पश्चिम पहुनी माध्यमिक विद्यालयकी आकृति पाण्डे तथा शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका नवीन मुर्मुले क्याम्पबाट प्राप्त अनुभवहरू साझा गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय स्काउट कार्यालय देवदहका नगर समिति सदस्य सुरज भट्टराई, बुटवल माध्यमिक विद्यालयका स्काउट मास्टर धना शर्मा, शान्ति नमुना माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारी, साथै रोभर–रेन्जरहरूको उपस्थिति रहेको थियो।
मित्रता क्याम्पमा तिलोत्तमा नगरपालिकाका ३ वटा विद्यालयका १ सय २० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम स्थानीय स्काउट कार्यालय तिलोत्तमा नगरपालिका प्रमुख आयुक्त पारेश्वर चापागाईंको अध्यक्षतामा, नगर समिति सदस्य डिल्लीराज पौडेलको स्वागत र नगर समिती सदस्य दुर्गादत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।
यसअघि क्याम्प फायर सम्पन्न भएकाे थियाे । पारेश्वर चापागाँईकाे अध्यक्षता, तिलाेत्तमा नगरका उपप्रमुख जागेश्वरदेवी चाैधरीकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा शान्ति नमुना मा.वि. का अध्यक्ष शरद भट्टराई , सदस्य बुद्धि प्रसाद डुम्रे, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, दुर्गादत्त मा. वि.का प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे, पश्चिम पहुनीका प्रधानाध्यापक दुर्गा नारायण श्रेष्ठ, प्रहरी चाैकी मुडवरीका इन्चार्ज जितेन्द्र जि सि, बुटवल नगर स्काउटका कार्यवाहक आयुक्त पुनाराम पाण्डे , शान्ति नमुना मा वि शिक्षक प्रकाश चापागाईसहभागी हुनुहुन्थ्याे भने कार्यक्रमकाे सञ्चालन शान्ति नमुना मा वि स्काउट मास्टर नेत्र कुमारी अर्यालले गर्नुभएकाे थियाे ।













