काठमाडौंमा अध्ययनरत अमरमणि चौधरी हराए, परिवारद्वारा खोजतलासमा सहयोगको अपिल
१८ पुस, रुपन्देही । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ निवासी बुबा बैसमुनि थारु र आमा रुकमिणी थारुका छोरा अमरमणि चौधरी काठमाडौंमा हराएका छन्। परिवारिक स्रोतका अनुसार अमरमणि काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए। अध्ययनका लागि उनी २०८१ सालदेखि काठमाडौंको कालिमाटी क्षेत्र नजिक कोठा भाडामा लिएर बस्दै आएका थिए।
परिवारले जनाएअनुसार अमरमणि पुष ९ गते बुधबारदेखि सम्पर्कविहीन भएका हुन्। सो दिनदेखि उनको मोबाइल फोन बन्द रहेको र आफन्त, साथीभाइ तथा चिनजान सबै स्थानमा खोजी गर्दा पनि हालसम्म कुनै अत्तोपत्तो नलागेको परिवारले जनाएको छ।
हराएको दिन उनी काठमाडौंका विभिन्न स्थानमा रिपोर्ट लेखाउन गएको जानकारी प्राप्त भए पनि त्यसपछि उनी कहाँ गए भन्नेबारे कुनै जानकारी नपाइएको परिवारले बताएको छ। अहिलेसम्म उनको कुनै सुराक नलागेपछि परिवारले खोजतलासमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ। उनलाई देख्ने वा कुनै जानकारी प्राप्त गर्ने जो–कोहीले नजिकको प्रहरी कार्यालयमा वा परिवारको सम्पर्क नम्बर ९८०५४२६२८१ मा जानकारी गराइदिन अनुरोध गरिएको छ।












