प्रकाश न्यौपाने
फाल्गुन १० गते
नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत नवलपरासी (पश्चिम) मा चुनावी सरगर्मी बढ्दै गएको छ। यतिबेला राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवार समेत गाउँ बस्ती एब टोलटोलमा पुगेका छन ।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट हालसम्म बिक्रम खनाल (रास्वपा), बिनोद चौधरी (नेपाली कांग्रेस), रामप्रसाद पाण्डे (नेकपा एमाले), हृदयेश त्रिपाठी (जप्रपा), सिन्धु जलेसा (नेकपा), नवनित मिश्र (राप्रपा) र विजय कंडेल (उज्यालो नेपाल) उम्मेदवारका रूपमा देखिएका छन्। यी उम्मेदवारहरुले राजनीतिक संगठन नै प्रयोग गरेर घरदैलो गरिरहेका छ्न । बर्दघाट नगरपालिका, सरावल, सुस्ता र प्रतापपुर गाउपालिकामा टोल र बस्ती बस्तीमा घर दैलोमा नै ब्यस्त देखिएका छ्न ।
यस्तै, क्षेत्र नं. २ बाट भरत थापा (नेपाली कांग्रेस), लेखनाथ खरेल (नेकपा एमाले), नरेन्द्रकुमार गुप्ता (रास्वपा), देबेन्द्र पौडेल (नेपाली कम्युनिस्ट पार्टी) र धुव्रबहादुर प्रधान (राष्ट्रिय प्रजातन्त्र पार्टी) चुनावी मैदानमा छ्न । सुनवल, रामग्राम नगरपालिका, सरावल र पाल्हीनन्दन गाउपालिकाको टोल टोलमा पुगिरहेका छन । जिल्लामा औपचारिक रूपमा प्रचारप्रसार सुरु भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गर्दै विकास र समृद्धिका एजेण्डा प्रस्तुत गरिरहेका छन्। घरदैलोका क्रममा मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै आगामी दिनमा क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गरिएको छ।
विशेषगरी बर्दघाट क्षेत्रमा घरदैलो अभियान सक्रिय देखिएको छ। स्थानीय शुकबहादुर गुरूका अनुसार घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको र मतदाताहरू उत्साहित देखिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीले बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र सरावल गाउँपालिकाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गरेको अभियान गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरूले समेत मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै प्रचार अभियानलाई थप तीव्र बनाइरहेका छन्। जिल्लाभर चुनावी माहोल क्रमशः तातिँदै गएको छ।












