नेबिसंघका पुर्व जिल्ला अध्यक्ष पौडेल केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनीत

प्रकाशित मिति:

फाल्गुन १० गते
नवलपरासी । नेपाली कांग्रेस ले प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै पश्चिम नवलपरासीका राजु पौडेललाई केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनित गरेको छ।


नेपाली काङ्ग्रेसका सचिब, केन्द्रिय चुनाव प्रचारप्रसार समिती सयोजक एब पार प्रवक्ता देवराज चालिसेद्रारा पौडेललाई मनोनीत गर्नु भएको हो । नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन तथा समानुपातिक मत वृद्धि गर्न प्रचार–प्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यले पौडेललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। प्रचार–प्रसार कार्यक्रमलाई परिणाममुखी बनाउन आफ्नो सम्पूर्ण क्षमता र सक्रियताका साथ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता देव राज चालिसे ले हस्ताक्षर गरेको मनोनयन पत्रमार्फत पौडेललाई जिम्मेवारी दिइएको हो।


यस मनोनयनसँगै पश्चिम नवलपरासीमा कांग्रेसको चुनावी अभियान थप सशक्त र व्यवस्थित हुने अपेक्षा गरिएको छ। पौडेलले नेपाली काङ्ग्रेस चुनावी मैदानमा रहेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन र समानुपातिक तर्फ मत बढाउने लागी परीरहेको समयमा पार्टी जिम्मेवारले आफुलाइ थप जिम्मेवारी बोध गराएको उल्लेख गर्नु भयो ।