प्रकाश न्यौपाने
फाल्गुन २५ गते
नवलपरासी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनाल र नरेन्द्र कुमार गुप्ता बिजयी हुनु भएको छ ।
अन्तिम मतपरिणाम अनुसार खनालले ४५,२४७ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ले ९,५६८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेय ले ८,३८९ मत प्राप्त गरेका छन्। यस्तै जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयश त्रिपाठी ले ७,४४८ मत प्राप्त गरेका छन्।सुरुवाती देखी नै अन्तिम नतिजासम्मको मतगणनामा खनालले अन्य प्रतिस्पर्धी उम्मेदवारहरुभन्दा उल्लेख्य अग्रता बनाउदै जीत हासिल गर्नु भएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा मुख्यतः रास्वपा, कांग्रेस, एमाले र जसपाबीच प्रतिस्पर्धा रहेको छ। त्यस्तै क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ता विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार घण्टी चिन्हबाट चुनाव लडेका गुप्ताले ४४ हजार १३८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत थापा ले १५ हजार ९४५ मत प्राप्त गरेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टीका देवेन्द्र यादव ले ७ हजार २१२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान ले ४ हजार ६९१, नेकपा एमालेका लेखनाथ खरेल ले ४ हजार ३११, नेकपाका देवेन्द्र पौडेल ले १ हजार ८३८ तथा जनमत पार्टीका जिवन मल्लाह ले १ हजार ६४ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कुल ८८ हजार ९१५ मत गणना हुँदा ८३ हजार ४५६ मत सदर र ५ हजार ४५९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।












