सामुदायिक वनलाइ सुसासन तथा लेखा व्यवस्थापन तालिम

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत १४, नवलपरासी
बर्दघाट–सरावल सव डिभिजन वन कार्यालयको आयोजनामा उपभोक्ता समूहहरूका लागि सुसासन तथा लेखा व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।


तालिममा डिभिजन वन कार्यालय नवलपरासीका लेखापाल नारायण भट्टराईले सहजीकरण गर्दै आय–व्यय विवरण तयार गर्ने तरिका, जिन्सी खाताको व्यवस्थापन तथा वित्तीय अनुशासन सम्बन्धी विषयमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका प्रमुख बलराम पोखरेलले सामुदायिक वनमा सुसासन कायम गर्न नसके नेतृत्व तहलाई नै समस्या पर्ने उल्लेख गर्दै पारदर्शिता र उत्तरदायित्वमा जोड दिनु भयो ।


कार्यक्रममा सहभागीहरु मध्येबाट बोल्दै पारिजात सामुदायिक वनकी सचिव दिलकुमारी कुवर र बसन्त हरियाली सामुदायिक वनका अध्यक्ष कृष्ण पासीले तालिमबाट सामुदायिक वनलाई आवश्यक ज्ञान प्राप्त भएको बताउँदै सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


वैज्ञानिक वन महासंघ, लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गलामीले सामुदायिक वनहरूले वन ऐनअनुसार लेखा प्रणाली व्यवस्थित गर्नुपर्ने, विपन्न तथा असहाय वर्गलाई लक्षित सेवा प्रवाह गर्नुपर्ने र वनभित्रका सम्पूर्ण गतिविधि समितिको समन्वयमा सञ्चालन हुनुपर्नेमा धारणा राख्नु भयो ।


तालिममा सयपत्री, पारिजात, चिसापानी, वनशक्ति, संसारकोट हरियाली, सृष्टि, हरियाली तथा बसन्त हरियाली सामुदायिक वनका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।