युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको मुनाल( बतासे प्रेम )मुक्तकसङ्ग्रह लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम( २०८३ सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा, बलमाटा, १२ वैशाख । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृतिको रूपमा ८३ वटा मुक्तक सङ्ग्रहीत मुनाल बतासे प्रेमको लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम २०८३ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका सात नम्बर वडा कार्यालय, स्याङ्जाको आयोजनामा भीरकोटको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने साहित्यिक कार्यक्रमको रूपमा आयोजना गरिएको मुनाल बतासे प्रेम मुक्तक कृति लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम २०८३ शनिवार बलमाटास्थित कालिका पुस्तकालयको सभाकक्षमा सम्पन्न गरिएको थियोे ।

भीरकोट नगरपालिका ७ का वडाअध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यको समुपस्थिति रहेको थियोे । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा भीरकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छायाराम खनाल, युवा समाजसेवी व्यक्तित्व यामप्रसाद अधिकारी ९लक्ष्मण० को समुपस्थिति रहेको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व, वक्तात्रय युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीर, युवा स्रष्टा शम्भु अर्याल र मनिषा कोइरालासँगै मुक्तककार स्वयंद्वारा मुनाल ९बतासे प्रेम० कृतिको लोकार्पण गरिएपश्चात् मुक्तक कृति र मुक्तककार मुनाल गोदार क्षेत्रीको मुक्तक लेखनमाथि केन्द्रित रहेर वक्तात्रय मनिषा कोइराला, शम्भु अर्याल र मिलन समीरले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।
युवा शैक्षिक व्यक्तित्व अमृत अर्यालले ूसिर्जनशील सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीको भूमिकाू को सन्दर्भमा महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गरेका थिए ।

बुवा लालबहादुर गोदार र आमा नर्वदा गोदारको कोखबाट २०५९ भाद्र २१ गते हालको भीरकोट नगरपालिका( ७, स्याङ्जामा जन्मिएका मुनाल गोदार पृथ्वीनारायण क्याम्पस, पोखरामा स्नातक व्यवस्थापन अध्ययनरत छन् ।डाँफे अनलाइनको सन्चालक रहेका मुनाल डाँफे डिजिटेक प्रा।लि।, पोखराका प्रमुख हुन् । फोर।जी। इन्जिनियरिङ प्रा।लि। काठमाडौँको व्यवस्थापकको रूपमा कार्यरत रहेर उनी सिर्जना कर्ममा क्रियाशील छन् ।मुनाल गोदारको मुनाल बतासे प्रेम मुक्तकसङ्ग्रह पहिलो साहित्यिक कृति हो । मुक्तक कृति नेपाली लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको हो । कुशल सम्पादक मिलन समीरले सम्पादन गरेको मुनाल बतासे प्रेममा विभिन्न समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ८३ वटा चोटिला मुक्तकसँगै प्रत्येक मुक्तकको विषय सुहाउँदा रेखाचित्र स्केच समेत समावेश गरिएको छ ।

सानै उमेरदेखि नै साहित्य, व्यवहारिक शिक्षा र समाजसेवामा रुचि राख्ने मुनालका मुक्तक रचना स्तरीय रहेका छन् ।कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण सन्जु दोरङ्गा अर्यालले गरेकि थिइन् । कार्यक्रममा व्यवसायी नुवादत्त अर्याल, लेखबहादुर के।सी। किरण, युवा समाजसेवी व्यक्तित्व यामप्रसाद अधिकारी लक्ष्मण, भीरकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छायाराम खनालले महत्त्वपूर्ण शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।वक्ताहरुले भीरकोट साहित्यमय हुँदै गरेको सन्दर्भको उठान गर्दै त्यसको पछिल्लो उपलब्धिको रूपमा मुनाल बतासे प्रेम मुक्तकसङ्ग्रह प्रकाशित भएकोमा खुशी व्यक्त गरेका थिए । वक्ताहरुले साहित्यले सिर्जनशील निरन्तरताको अपेक्षा गर्ने भएकोले स्रष्टाहरुको ध्यान सो सन्दर्भमा केन्द्रित हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए ।कार्यक्रममा स्याङ्जाली सशक्त स्रष्टाहरु वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए ।समारोहमा आयोजकको तर्फबाट प्रमुख आमन्त्रित व्यक्तित्व, विशिष्ट आमन्त्रित व्यक्तित्व, वक्तात्रय र अतिथि स्रष्टाहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियोे ।

थप समाचार