प्रकाश न्यौपाने
बैशाख २९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरमा संस्थागतका ६ जना र सामुदायिक १ गरी ७ जनाको ४ जिपिए ल्याउन सफल भएका छन ।सस्थागत तर्फ कुमुदिनी अग्रेजी मा.बि. बाट ३ जना त्यस्तै न्यु लाइफ मा. वि., माउन्ट एभरेस्ट इङ्ग्लिस मा. वि.बाट र ग्लोरियस एकेडेमीबाट एक/एकजना गरी ६ जनाले ४ जीपीए ल्याउन सफल भएका छन्। सस्थागत विद्यालयबाट ६ जनाले ४ जिपिए ल्याउदा सामुदायिक विद्यालयहरूतर्फ भने दाउन्नेदेवी मा. वि.बाट १ जनाले मात्रै ४ जिपिए ल्याएका छ्न ।
see को नतिजा अनुसार संस्थागत विद्यालयहरूको समग्र उत्तीर्ण दर ८७.३१ प्रतिशत रहेको छ भने सामुदायिक विद्यालयहरूको उत्तीर्ण दर ४३.७३ प्रतिशत मात्रै छ। दुवै किसिमका विद्यालयलाई जोड्दा समग्र बर्दघाटको कुल उत्तीर्ण दर ६८.५७ प्रतिशत रहेको छ।
कुल १५ वटा संस्थागत विद्यालयमध्ये मनकामना इङ्लिस बोर्डिङ स्कुलले भने ११ जना परीक्षार्थी मध्ये सबैलाई उत्तीर्ण गराएर १०० प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ। न्यू लाइफ सेकेन्डरी स्कुल (९८.५७%), ग्लोरियस एकेडेमी (९६.९७%) तथा ग्लोबल एकेडेमी (९४.७४%)ले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। कुमुदिनी इङ्लिस ८३.६५ प्रतिशत छ।
त्यस्तै सस्थागत तर्फ ३.६ देखि ४.० का बीचमा कुल ६ जना विद्यार्थी रहेका छन् भने ३.२–३.५ बीचमा १०० जना र ३.१–३.५ बीचमा १५८ जना उत्तीर्ण भएका छन्। २.० अंकभन्दा कम ल्याउने ५९ जना रहेको तथ्यांक रहेको छ । त्यस्तै ११ वटा सामुदायिक माध्यमिक विद्यालय मध्ये दाउन्ने देबि मा.बि. को मात्रै ४ जिपिए आएको छ । भने सबैभन्दा राम्रो नतिजा शान्ति निकुञ्ज माविको रहेको छ – ३१ मध्ये २५ जना उत्तीर्ण (८०.६५%)। त्यस्तै, दाउन्ने देवी माविमा ७३ मध्ये ४३ उत्तीर्ण (५८.९०%), नित्यानन्द रत्न कुमारी माविमा ४३ मध्ये २६ उत्तीर्ण (६०.४७%) रहेका छन्। सामुदायिकतर्फ हालसम्म कै उच्च नतिजा दाउन्नेदेवी मा.बि. बाट प्राप्त हुदा ३.६-४ जिपिएमा २३ जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन । समग्रमा नगरमा रहेका सामुदायिक विद्यालयबाट २५१ जना विद्यार्थी उत्तीर्ण हुन सफल रहेका छ्न ।
समग्रमा नगरको नतिजा हेर्दा कुल १०३९ विद्यार्थीमध्ये ७१३ जना उत्तीर्ण भएका छन्। संस्थागततर्फ ४६६ मध्ये ४०६ उत्तीर्ण भए भने सामुदायिकतर्फ ५७४ मध्ये २५१ मात्र उत्तीर्ण। नतिजाले सामुदायिक विद्यालयको प्रभावकारिता र गुणस्तर वृद्धिमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने औंल्याएको छ। यसैगरी कमजोर विद्यार्थीका लागि थप कार्यक्रम आवश्यक रहेको विज्ञहरू बताउँछन्।
नगरको समग्र नतिजा विद्यालयगत रुपमा यस्तो छ ।












