विपी विचार राष्ट्रिय समाज, रूपन्देही जिल्ला कार्यसमिति पुनर्गठन

प्रकाशित मिति:

विपी विचार राष्ट्रिय समाज, रूपन्देही जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ। समाजका अध्यक्ष इन्जिनियर यमलाल पाण्डेले विधानको व्यवस्थाअनुसार कार्यसमिति पुनर्गठन गरिएको जानकारी दिनुभयो।

पुनर्गठित कार्यसमितिअनुसार उपाध्यक्षमा नेत्र भट्टराई र सुमित्रा आचार्य, सचिवमा विनोद घिमिरे, सहसचिवमा उमनाथ पौडेल तथा कोषाध्यक्षमा शिवराज पोखरेल चयन हुनुभएको छ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा विनोद ढकाल, दुर्गा सिंह क्षेत्री, विवेक काफ्ले, प्रदीप गौतम, मोहन न्यौपाने, अर्जुन गौतम, विवेक थापा, अर्जुन जिसी, स्वचित वाग्ले, निराजन कँडेल, पुरुषोत्तम गैरे, विन्दु ढकाल पौडेल, दीपा अर्याल, तुल्सा शर्मा, राजु रोकाय, सवर मियाँ र अमृत पाण्डे रहनुभएको समाजका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।

समाजका संरक्षकमा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँ रहनुभएको छ भने सल्लाहकारहरूमा विष्णु पोखरेल, कुसुमराज ज्ञवाली, कृष्ण पोखरेल, हरि प्रसाद कँडेल तथा प्रेस सल्लाहकारमा विक्रम खड्का रहनुभएको छ।

उल्लेखनीय छ, तीन वर्ष कार्यकाल रहेको समाजमा निर्वतमान अध्यक्ष शरद भट्टराई केन्द्रीय सदस्यमा चयन भएसँगै कार्यवाहक अध्यक्षका रूपमा रहनुभएका इन्जिनियर यमलाल पाण्डे स्वतः अध्यक्ष बन्नुभएको हो।