बुटवल। बीपी विचार राष्ट्रिय समाज रूपन्देही जिल्ला कार्यसमिति पुनर्गठन भएसँगै थप सक्रिय बन्ने भएको छ। समाजका अध्यक्ष इन्जिनियर यमलाल पाण्डेले विधानको व्यवस्थाअनुसार कार्यसमिति पुनर्गठन गरिएको जानकारी दिएका हुन्।विशेषगरी नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला को योगदान तथा उहाँले देश र समाज रूपान्तरणका लागि अघि सारेका नीति, सिद्धान्त र विचारलाई जनस्तरसम्म पुर्याउँदै कांग्रेस रूपान्तरणका विषयमा समाजले बहसलाई तीव्र बनाउने जनाएको छ। पहिलो चरणमा जिल्ला कार्यसमितिलाई पूर्णता दिइएको र त्यसपछि क्षेत्र तथा नगर समितिहरू पनि विस्तार गरिने बताइएको छ।
नवगठित कार्यसमितिअनुसार उपाध्यक्षमा नेत्र भट्टराई र सुमित्रा आचार्य, सचिवमा विनोद घिमिरे, सहसचिवमा उमनाथ पौडेल तथा कोषाध्यक्षमा शिवराज पोखरेल चयन हुनुभएको छ। त्यस्तै कार्यसमिति सदस्यहरूमा अमृत पाण्डे , विनोद ढकाल, दुर्गा सिंह क्षेत्री, विवेक कार्की, प्रदीप गौतम, मोहन न्यौपाने, अर्जुन गौतम, विवेक थापा, अर्जुन जिसी, स्वचित वाग्ले, निराजन कँडेल, पुरुषोत्तम गैरे, विन्दु ढकाल पौडेल, दीपा आयल, तुल्सा शर्मा, राजु रोकाय, सवर मियाँ रहनुभएको समाजका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
समाजका संरक्षकमा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाण रहनुभएको छ भने सल्लाहकारहरूमा विष्णु पोखरेल, कुसुमराज ज्ञवाली, कृष्ण पोखरेल, हरि प्रसाद कँडेल तथा प्रेस सल्लाहकारमा विक्रम खड्का रहनुभएको छ।तीन वर्षदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका यमलाल पाण्डे, तत्कालीन अध्यक्ष शरद भट्टराई केन्द्रीय सदस्यमा चयन भएपछि स्वतः अध्यक्षको जिम्मेवारीमा रहनुभएको हो।









