शान्ति नमुनामा बाल क्लव गठनका लागि मतदान सम्पन्न (फाेटाे फिचर सहित)

प्रकाशित मिति:

मणिग्राम, साउन ११ । रूपन्देहीको तिलोत्तमा५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा बाल क्लव गठनका लागि निर्वाचन सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित उक्त मतदान कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।  निर्वाचनमा ९२. ६८ प्रतिशत विद्धार्थीले  मतदान गरेका थिए ।

उक्त निर्वाचनमा छात्रा तथा छात्र दुवै पक्षबाट उत्साहजनक सहभागिता रहेको थियो। प्राप्त तथ्यांक अनुसार कक्षा ६ मा कुल मतदाता ४७३ रहेकोमा पुरुष २३८ र महिला २०७ गरी जम्मा ४४५ मत खसेको थियो । यस्तै कक्षा ७ मा ५४५ मतदाता रहेकेमा पुरुष २७३ र महिला २५१ गरी जम्मा ५२४ मत खसेको थियो ।

यसैगरी कक्षा ८ मा ५६९ मतदाता रहेकोमा पुरुष २८१ र महिला २४५ गरी जम्मा ५२६ मत खसेको थियो । यस्तै कक्षा ९ मा ६५१ मतदाता मध्ये पुरुष ३०७ र महिला २८० गरी जम्मा ५८७ मत खसेको थियो । कक्षा १० मा ६६१ मतदाता रहेकोमा  पुरुष ३१७ र महिला २८८ गरी जम्मा ६०५ मत खसेको निर्वाचन संयोजक रजनी के.सी.ले जनकारी दिनुभयो  ।

विद्यालय स्तरमै विद्यार्थीहरूलाई निर्वाचन प्रक्रिया, मतदानको महत्त्व र निष्पक्ष नेतृत्व चयनबारे व्यावहारिक ज्ञान दिन यो कार्यक्रम सफल रहेको विद्यालयका प्रधानाध्यापक लोकनाथ कंडेलले बताउनुभयो ।  मतगणना मंगलबार बिहान १० बजेबाट हुने र निर्वाचित पदाधिकारीहरूको घोषणा छिटै गरिने विद्धालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो  ।

निर्वाचनका दृश्यहरूः