प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिकराम थपलिया,  पोर्चुगल अध्यक्षमा नविन थापा

प्रकाशित मिति:

✍️भरत प्रधान

लिस्बन । नेकपा एमालेको प्रवासी भातृ संगठन प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ। 

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि शालिकराम थपलियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा विनोद न्यौपाने, सचिवमा रविन कार्की र दुई उपसचिवमा गोविन्द सापकोटा र बाबाराजेश्वरी थापा चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा तुलसीनाथ सुवेदी, कृष्ण भण्डारी, ईश्वर देवकोटा, तिलक भट्टराई, सुनिल रानाभाट, केदार थपलिया, केशवराज पाण्डे र शान्ति अर्याल चयन भएको मञ्चले जनाएको छ ।

अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सचिव भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछाने लगायतले सम्बोधन गरेका थिए । अधिवेशनले ८ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

मञ्चको पोर्चुगल अध्यक्षमा थापा

प्रवासी नेपाली मञ्च पोर्चुगलको हालै सम्पन्न भएको सातौं अधिवेशनले नविनकुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानी लिस्बनमा सम्पन्न भएको अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको सचिवमा गणेश थापा, उपसचिवमा राजन कार्की र जुना दाहाल चयन भएका छन् । 

कार्यसमिति सदस्यहरूमा दीपक पुनमगर, नवराज घर्तीमगर, हेमन्त केसी, कमल बस्नेत, रमेश परियार, हुकुम ओली, कुविर खड्का, सुमन लम्साल, अर्जुन भण्डारी, मन्जित सिंह, नरबहादुर जिसी र प्रकाश नेपाली चयन भएको मञ्चले जनाएको छ।