अन्तर्राष्ट्रिय केम्पो महासंघको ‘लैङ्गिक समानता समिति’को निर्देशकमा नेपालकी शर्मिला कार्की नियुक्त
काठमाडौं । नेपाल केम्पो खुकुरी महासंघकी महासचिव शर्मिला कार्की अन्तर्राष्ट्रिय केम्पो महासंघको लैङ्गिक समानता समितिको निर्देशकमा नियुक्त हुनुभएको छ।
अन्तर्राष्ट्रिय केम्पो महासंघको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणअनुसार कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो। उहाँ (वुमन इन स्पोर्ट कमिटी) को सदस्यसमेत हुनुहुन्छ।
लैङ्गिक समानता समितिले खेलकुदमा महिला र पुरुषलाई समान अवसर प्रदान गर्ने, महिलाको सहभागिता बढाउने र नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउने काम गर्छ। कार्कीको यस नियुक्तिले नेपाली केम्पो खेलको अन्तर्राष्ट्रिय पहिचान बढाउन र नेपाली महिला खेलाडीलाई थप अवसर प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल केम्पो खुकुरी महासंघले कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।










