श्रीगणेशाय नमःआजको दिन

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २६ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको चतुर्थी तिथि दिवा २।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र राति ३।२७ बजेसम्म रहनेछ । व्यतिपात योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२५ बजे हुनेछ ।चन्द्रमा आज कुम्भ राशिमा छन् । आज चतुर्थी तिथि गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद् harekpal