देशको कानुन को दुर्दशा

प्रकाशित मिति:

देशको न्युज सुन्दा सुन्दा जनता को कान पाके
रिपोर्टर मिडिया पत्रकार भुक्दा भुक्दै थाके
भोंका नांगा जनताको तथॉक चुनावको बेलामा हुन्छ
६ ६अरब को घोटाला मन्त्रि को खेलामा हुन्छ

कठै बरा हामि जनता नेता को भुल भुलैयामा
देश को बिकाश ठुला भाषण मन्च को मेलामा हुन्छ
किन गर्छौ भ्रष्ट घोटाला नियम कानुन जानि जानि
मन्त्रि लाज पचायर स्पष्टीकरण दिदैछन लाजै नमानि

बिस्व को सबै भन्दा गरिब मुलुक नेपाल भन्थे अरे पहिले
धनि जनताको गरिब नेता कसरि अरब पति बने अहिले
जनताको ईच्छा थियो देश को बीकास र मुहार फेर्ने
गरिब नेता मन्त्रि को पोष्ट मा पुगे पछि अरब ले खल्ति भर्ने

बल्ल बल्ल ल्यायको वाईडबडि जहाज़ परेछ थोत्रो
सजिलै अरब अरब घोटाला मन्त्रि हरुका षड्यन्त्र क़त्रो
बल्तकारि हत्यारालाई जेल निकाला स्वगत फुलमाला ले
किन षडेन्त्र गर्रछन् देश को कानुन देश को प्रमुखले

खसि काटेर भाग लगाय जस्तो पोष्ट को भाग लगाऊछन्
पड्न पनि नपर्ने जान्न नपर्ने आफ्नै नाता मन्त्रि बनाऊछन
देश बासिलाई गरिब लाई अनेकौ झुट मा झुलाऊछन्
जनतार देश को प्रबाहा छैन १८करोड को गाडि कुदाऊछन्
देशलाई फर्केर हेर्दा दई चार अक्षर को झटारो
शारदा क्षेत्रि हाल न्युयोर्क