हेरि रहेँ टाढ टाढा सुनसान को ठॉऊ थियो
भेट्छु कि भन्दै खोजि रहें अन्जान को गॉऊ थियो
छॉया देखें क्षितिज पारि कता त्यो अदृश्य को
कस्लाई सोधु थाहा छैन ऊस्को के नाऊ थियो
मुटुमा गाँठों पारि छट्पटि मा अतालिदै धेरै रुदा
बर्षा सरि झर्ने ई आँशु को पानी जस्तै भाऊँ थियो
झस्कायर बिगत का पिडाहरुले धेरै दुखाउदा
सहनै नस्क्ने छाति भित्र चर्कियको घाऊ थियो
यो संसार लाई ज़ित्छु भनि अघि बड्न खोज्दा
थर्थरायर मेरो अधर हरुले हारेको दाऊ थियो
रचना शारदा क्षेत्रि
हाल अमेरिका










