श्रीगणेशाय नमः ।। आजको दीन

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको ३ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्लपक्षको एकादशी तिथि बेलुका ६।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । कृत्तिका नक्षत्र विहान १०।५ बजेसम्म रहनेछ । आज शुक्ल योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।३० बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् । आज पुत्रदा एकादशीव्रत परेको छ । पौष शुक्ल पक्षको एकादशीलाई पुत्रदा भनिन्छ । सन्तानबाट सुख चाहनेका निम्ति आजको एकादशीव्रत उत्तम मानिएको छ । चान्द्र महिनको एघारौँ दिनलाई एकादशी भनिन्छ । यो भगवान् विष्णुका निम्ति प्रिय दिन हो ।उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्