१२ दिनदेखि आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था ‘उच्च जोखिम’मा परेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । उनका सहयोगी डा अभिशेष सिंहका अनुसार निमोनियाका केही सुधार आए पनि उच्च जोखिम कायमै छ ।उनले भने, निमोयिा भएर आइसीयुमा राख्नुपर्ने भएपछि इलामबाट काठमाडौं ल्याइयो । निमोनियामा केही सुधार हुँदै गएको छ । तर स्वास्थ्यमा उच्च जोखिम रहेको छ । उहाँले आमरण अनसन जारी राख्छु भन्नु भएको छ ।’सेतो रक्तकणिकाको संख्या ३००० मा झरेको छ । चिकित्सक बाहेक कसैलाई पनि भेट्न दिइएको छैन ।उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको छ । डा केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गराइएको छ ।










