श्रीकृष्ण सिग्देल
स्याङ्जा / नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा मुल्याङ्कन नहुदा कमजोर बन्दै गएको बताएका छन् । स्याङ्जाको वालिङमा आयोजित कार्यकर्ता सगँको अन्तरक्रियामा बरिष्ठ नेता पौडेलले पार्टीमा कार्यकर्ताले नेताको र नेताले कार्यकर्ताको मुल्याङ्कन गर्नु जरुरी रहेको बताएका हुन् । नेपाली काँग्रेसको महासमिती बैठक पछि कार्यकर्ता सगँ अन्तरक्रिया गर्न स्याङ्जा आईपुगेका नेता पौडेलले पार्टीमा अब कुनै गुट उपगुट नभएको बताए । पार्टी भित्र विचारको लडाई लड्न पाईन्छ नेता पौडेलले भने बैठकमा विचार प्रस्तुत गर्दा गुट नभएको दावी गरे । हात मिलाएर मात्रै एकताको सन्देश जाने होइन नेता पौडेलले भने विचार मिल्यो भने मात्रै एकता भएको भन्न सकिन्छ । घुमाउरो पाराले नेता पौडेलले अझै पनि भावनात्मक एकता नभएको जिकिर गरे । प्रजातन्त्र प्राप्तीका लागि लडेका नेता तथा कार्यकर्ता अझै हाम्रा सामु रहेको बताउदै नेता पौडेलले टिकट वितरणमा पद्धति नमिल्याउदा पार्टीले हार व्यहोनु परेको टिप्पणी गरे । काँग्रेसको केन्द्रिय महाधिवेसन नलम्व्याउन सभापति देउवालाई अनुरोध गरेको उल्लेख गर्दै नेता पौडेलले समय अबधीमा महाधिवेसन गर्न सबैले नेतृत्वलाई दबाव दिनुपर्ने धारणा राखे ।
दुई तिहाई सरकारको दम्भबाट पार्टी डराउन नहुने भन्दै नेता पौडेलले संसद भित्र र बाहिर प्रतिपक्षमा बसेको काँग्रेसको भुमिका कमजोर भएको बताए । सवल प्रतिपक्ष भयो भने मात्रै जनताले राहत पाउने बताउदै नेता पौडेलले पार्टीले अब पनि दुई तिहाई सरकारले गरेका निर्णयमा गम्भिर भएर नसोच्ने हो भने संघियाता सगै राष्ट्र पनि खतरामा पर्ने बताए ।
अन्तरक्रियामा काँग्रेसका कार्यकर्ताले टिकट वितरणमा नेताले गरेको अनियमिता, गुट उपगुटले काँग्रेसका देखा परेको समस्या र कार्यकर्तालाई चलायमान बनाउन पार्टीले खेल्न नसकेको भुमिकाका बारेमा बरिष्ठ नेतालाई प्रश्न गरेका थिए । पौडेलले काँग्रेसको मुल्य मान्यता र आदर्शलाई आत्मसाथ गरेर काँग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने सुझाव दिएका थिए । सबै सगँ आ—आफै विचार छ पौडेलले भने,“विचारमा लडाई गरौ, बहस गरौ तर पार्टीलाई व्याक्तिबादी चरित्रले नचालाउ ।” विषय मिलेन भनेर व्याक्तिवादी चरित्रले पार्टी चलाउदा झनै कमजोर हुने उनले भने ।
कार्यक्रममा केन्द्रिय सदस्य धनराज गुरुङ्ले भष्टचार गर्ने सरकार विरुद्ध संसदमा काँग्रेसले आबाज उठाउन नसक्नु दुभाग्र्य भएको बताए । ठुला ठुला भष्ट्रचारमा सरकारका मन्त्री नै संलग्न हुदा पनि संसदमा काँग्रेस मौन बस्न नहुने धारणा व्यक्त गरे । अन्तरक्रियामा स्याङ्जाका अगुवा काँग्रेसका कार्यकर्ताहरुले सभापति, बरिष्ठ नेता र महामन्त्रीले एकताको सन्देश लिएर जिल्ला जिल्लामा जान आग्रह गरेका थिए । समयमै केन्द्रिय महाधिवेसन गर्न पनि नेताहरुलाई स्याङ्जाका काँग्रेसहरुले नेताहरुलाई सुझाएका थिए । कार्यक्रममा संविधान सभाका सदस्य मोहन पाण्डे, राजु थापा, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, प्रजातन्त्र सेनानी सुर्यप्रसाद रेग्मी लगायतले हरेक अगुवा कार्यकर्ताहरु अब गाँउ गाँउ जानुपर्ने धारणा सहित पार्टीलाई बलियो बनाउन लाग्नु पर्ने बताए ।












