धनको घमण्ड किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

ईशा वास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् 
तेन त्यक्तेन भुंजीथा मा गृधः कस्यस्विद्धनम् । –ईशावास्योपनिषद्

यो संसरमा जे जति छ सबै ईश्वरकै हो । ईश्वरद्वारा नै यो संसारको पनि सृष्टि भएको हो । धनलाई पनि ईश्वरकै संझेर आवश्यकता अनुसार मात्र उपयोग गर । जतिले जीवन निर्वाह हुन्छ सो मात्र धनको प्रयोग गर अरु धनका निम्ति लालसा नगर । त्यो धन अरुका निम्ति पनि दान दिने गर । अर्काको धनमा आँखा नलगाऊ । वास्तवमा त्यो धन पनि केवल ईश्वरकै हो यसमा घमण्ड नगर व्यर्थ छ ।

संसारमा अहं आफ्नो शक्तिले सकुञ्जे मात्रको हो । जबनाडीन नसा गल्न थाल्छन् अनि सबै कुरा टाढिदैजान्छन् । आफ्नो शक्ति क्षीण भएपछि स्वतः मान्छे निस्तेज र र्किकर्तव्यविमूढ अवस्थामा पुग्छ । त्यसैले ईशावास्योपनिषद्मा कुनै कुरा प्रति पनि आशक्ति नदेखाऊ भनिएको हो । धनको मद पनि व्यर्थ छ । धन वास्तवमा कसैको पनि होइन । हो त केवल ईश्वरकै मात्र हो । जसले धन मेरो भन्छ उसले आफ्नो जीवनलाई पनि अवनतिको गर्तमा भसाइरहेको हुन्छ । धनको उपयोग न्युनतम आधारभूत आवश्यकता पूर्ति र दानका निम्ति मात्र हो । आफ्नो संझेर होइन ईश्वरको संझेर दान गर्नु पर्दछ । किनकि संसारत केवल ईश्वरको मात्र भन्ने नीति वचन मनीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –