तरुण दलका नेताहरु विराटनगर प्रस्थान, भोलीदेखि देशैभरी आन्दोलन

प्रकाशित मिति:

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विरुद्ध नेपाली कांगे्रसका भातृ सस्था नेपाल तरुण दलले मंगलबारदेखि सडक संघर्षमा जाँदैछ । उसको यो कदमलाई नेपाली कांग्रेसले साथदिने विज्ञप्ती मार्फत जनाएको छ ।एक नं। प्रदेशको विराटनगरबाट भोली सूरुहुने आन्दोलनमा ऐक्यवद्धता जनाउँनका लागि तरुण दलका केन्द्रीय नेताहरु आजै विराटनगर पुगेका छन् । सरकारका विरुद्ध दवाव सृर्जना गर्न सातै प्रदेशमा आयोजना हुने विरोध प्रर्दशन कार्यक्रममा तरुणदलका केन्द्रीय नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय नेताहरु अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भपेन्द्रजंग शाही र कोषाध्यक्ष बिद्धान गुरुङ लगाएतका नेताहरु विराटनगर पुगेका छन् । उनीहरुले विराटनगरमा मंगलबार हुने विरोध सभालाई संवोधन गर्नेछन् ।सरकारको अधिनायकवादि चरित्र, भ्रष्टाचार, महंगी, मुल्यबृद्धि, प्रेस माथी हस्तक्षेप, वाइडबडी, निर्मला पन्त हत्याकाण्ड लगाएतका गैरकानूनी र अलोकतान्त्रिक क्रियाकलापको विरुद्धमा आफुहरुको सडक संघर्षमा जान लागेको दलका अध्यक्ष जितजंग बस्नेतले पलपललाई जानकारी दिए ।तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले तरुणको यो आन्दोलनलाई सरकारले कमजोर सोचे जस्तो सुकै कदम चाल्न समेत बाकीँ नराख्ने जिकिर गरे । उनले सरकारलाई आन्दोलनको सामना गर्न समेत तयार रहन चेतावनी दिए ।