१४ दिनदेखि १६ औं चरणको आमरण अनुसनमा बसिरहेका सत्याग्रही डा गोविन्द केसीले शिक्षण अस्पताल महाराजगञ्जको बेडबाटै माननीयहरुलाई अपील गरेका छन् । उनले मंगलबार चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्दै गरेको जानकारीमा आएको हुनाले त्यसमा जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु समेटेर विधेयक पारित गर्नेमा आशावादी रहेको बताएका छन् ।उनले भनेका छन् –‘जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिले पारित गरेको छ । हामीसंग सम्झौता भए अनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु फेरि थपेर माननीय ज्यूहरुले जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउन सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु । र म अनुरोध पनि गर्न चाहन्छु ।’










