विद्यालयमा निर्माणाधीन कक्षाकोठा अलपत्र

प्रकाशित मिति:

बहिरा तथा सुस्त श्रवण विद्यार्थीका लागी भन्दै भुवनेस्वरी मावी खैरामा निर्माण गर्न लागिएको कक्षाकोठा तथा आवासिय भवन अलपत्र परेको छ । प्यूठान नगरपालीका १ खैरास्थित भुवनेस्वरी मावीको परिषरमा निर्माण गर्न लागिएको भवन बिगत दुईवर्षदेखी अलप अवस्तथामा थला परेको छ । सम्वन्धित निकायको बेवास्थाका कारण भवन निर्माण कार्य सुरु भएको लामो समय बितिसक्दासमेत पुृर्णता पाउन सकेको छैन् । बजेट अभावमा निर्माण गरिएको आधा भवनपनि जिर्ण बन्दै गएको छ । संरक्षण नहुदा तयार भएको भवनपनि घासैघासले घेरिन थालेको छ ।

तिन वर्षअधि सहरि विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाको सहयोगमा सुस्त श्रवण विद्यार्थीका लागी आवासिय भवन निर्माण थालिएको हो । दुईवटा भवन अहिलेपनि अलपत्र अवस्थामा छन् । भवन डिभिजन कार्यालय र साविकको जिल्ला विकास समितीले करिव १२ लाख रुपैया सहयोग गरेका छन् । प्रयाप्त वजेट नभएको भन्दै निर्माण कार्य अहिले विचमै छाडिएको भवन निर्माण समितीका अध्यक्ष देव बहादुर बस्नेतले बताए । सहरी विकास मन्त्रालय खारेज भएसगैं यसको जिम्वेवारि स्थानीय तहमा आएको र यसको जिम्मा प्यूठान नगरपालीकाले लिनुपर्ने बताएका छन् । कक्षाकोठाको पिल र गाह्रो लगाईएको छ भने आवासिय भवनको पिलर मात्रै हालिएको छ । २०५९ सालदेखी सुस्त श्रवण क्षमता भएका विद्यार्थीहरुले भुवनेस्रीमा पढ्दै आएका छन् । हाल त्यहाँ ३२ जना बालवालीकाहरुले अध्ययन गरेको विद्यालयले जानकारि दिएको छ । कक्षाकोठा अभावले विद्यार्थीहरुमा पठनपाठन गर्न निकै समस्या हुने गरेको विद्यालयका शिक्षक श्रीधर आचार्यले जानकारि दिए । कक्षा १ देृखी ३ कक्षा सम्मका विद्यार्थीहरुलाई एकै ठाउमा राखेर अध्ययन गराउने गरिएको छ । अलपत्र परेका दुईवटा भवनहरु पुरा भए विद्यार्थीहरुले पनि सहजताको महसुस गर्न आसा विद्यालय परिवारले गरेको छ ।