शुक्रवारको दिन आज कस्तो छ?

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको ११ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको पञ्चमी तिथि राति १२.१२ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र राति १०.१२ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५६ मा छ भने सूर्यास्त बेलुका ५.३७ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् । आज पञ्चमी तिथि नाग देवताको उपासनाका लागि शुभ रहनेछ ।