काठमाडौं – नेबिसघंका नेता तथा कार्यकर्ताहरु वालुवाटारबाट गिरफ्तार परेपछि पुलिस क्लब भृकुटीमण्डप हिरासतमै धर्ना बसेका छन । सत्य र न्यायका निम्ति भन्दै उनीहरु धर्ना बसेका हुन । सरकारले विपक्षीको आवाज नसुनेको भन्दै सिठ्ठी जुलुसमा हिँडेका नेविसंघका कार्यकर्ताहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको ३ नं गेटबाट प्रहरीले पक्राउ गरेको थियो।
सरकारको विरुद्ध आन्दोलनमा रहेको नेविसंघले निकालेको सो जुलुसबाट नेविसंघका नेताहरु सुशील भट्ट, गणेश सापकोटा,नीरंजन थापा, रमेश बस्तकोटी, सुबोद आले, शशंक श्री न्यौपाने, मनिष सिमखडा, दिपेन्द्र श्रेत्री, सन्तोष गुरुङ, सुवास घिमिरे, सुरेश पन्त, सुवर्ण गौतम, सौरब घिमिरे, किरण भट्टराई, उज्जवल पौडेल, भानुभक्त उपाध्यय, आसिष खड्का, प्रमोद राई, प्रदिपजंग शाह, सुरज नेपाल, मधुशुदन यादव लगायतका विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई अहिले नेपाल पुलिस क्लव भृकुटीमण्डप हिरासतमै धर्ना बसेका हुन् ।
@hamrakura












