आदरणीय व्यक्तिलाई ढोग नमस्कार किन गर्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।।–नीति सूक्ति
आफ्नो आयु, विद्या, यश र बल वृद्धिका निम्ति आदरणीय व्यक्तिलाई ढोग नमस्कार गर्नुपर्दछ ।
आदरणीय व्यक्तिलाई यथोचित ढोग नमस्कार गर्नुपर्छ भन्ने शास्त्रीय नीति पाइन्छ । जसले हाम्रो आयु, विद्या, यश र बलको वृद्धि हुने गर्दछ । आदरणीय व्यक्तिको सम्मान आफ्नो पनि सम्मान हो । जसले हम्रो जीवनमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ । भाग्य कर्मले नै निर्माण गर्ने हो । सत् कर्मले हाम्रो भलो हुन्छ भने असत् कर्मले अवनतिको बाटो दिलाउछ । सत्मार्गमा लागि सम्माननीय व्यक्तिलाई यथोचित सम्मान गर्नाले आफूमा आशीर्वाद प्राप्त हुन्छ, जुन हाम्रालागि आयुवृद्धि कारह रहन्छ । आदरणीय व्यक्तिलाई ढोग नमस्कार गर्नाले दीर्घायुका साथै अथाह ज्ञान, यश कीर्ति र शक्तिको पनि वृद्धि हुन्छ । महाभारतको कथाले पनि यही कुरा पुष्टि गर्दछ । अर्जुनमा अग्रजप्रति सम्मान भाव थियो । उनले श्रीकृष्णको पाउ परी भगवत् कृपा प्राप्त गरे भने दुर्योधनले अनादर पूर्वक गरेको नमस्कारले नारायणी सेना मात्र प्राप्त भयो । परिणामतः महाभारतमा दुर्योधनको हार र अर्जुनको जीत भएको थियो । अतः असल व्यक्तिका निम्ति, जीवनमा उन्नति र प्रगति चहनेका निम्ति पनि अग्रज आदरणीय व्यक्तिलाई सम्मान। ढोग नमस्कार गर्न सक्नुपर्छ भन्ने नीत वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –












