खोटाङ – नेपाली कांग्रेसको आस्था र विचार मन परेको भन्दै विपक्षी पार्टीका दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीबाट २०७४ सालमा वडाध्यक्षका उम्मेद्वार विमानन्द चाम्लीङ, नेपाल शिक्षक महासंघका सदस्य सुनिल राई, नेकपाका कार्यकर्ता पवन राई, याम्खाबाट कल्याण खत्री, मिलन गुरुङ, मिलन श्रेष्ठ, रमेश अधिकारी र बतासेबाट वीर बहादुर राई, सम्झना जोगी, टंक बहादुर कट्वाल, पार्वता कट्वाल, फुलमाया जोगी, विरेन्द्र राई, नीर सिं खत्री, कुमारी पाण्डे र सनिसा राई पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विभिन्न स्थान (वडा)बाट स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा कार्यसमिति बतासेले जनता उच्च माविमा शनिबारदेखी आयोजना गरेको वडा स्तरिय खुला पुरुष भलिवल प्रतियोगिता तथा सांगीतिक कार्यक्रमको अवशरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अविरमाला लगाइ पार्टीको चुनाव चिन्ह र झण्डा दिएर पार्टी प्रवेश गराएका हुन् ।
आफ्नो पार्टी परित्यागगरी कांग्रेस प्रवेश गर्नेमा स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीबाट वडाध्यक्षका उम्मेद्वारदेखी सामान्य कार्यकर्तासम्म छन् ।उनीहरु नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुन् ।कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु शरण कुमार राई, वसन्त राई, ललिता राउत, पूर्व जिल्ला सदस्य पञ्चुकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई लगायतको उपस्थिती थियो । खुला पुरुष भलिवल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । कार्यक्रम आइतबार सकिनेछ ।












