बुटवल, २७ माघ । बुटवल सुख्खानगरमा रहेको दीप बोडिङ हाई स्कूलमा आज आइतबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम गरिएको छ । वसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा अराधना गरी पर्व मनाइएको हो । यसका साथै स–साना बालबालिकाहरुलाई अक्षरारम्भ समेत गराइएको छ । कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।