पेरिस– फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सेन्ट इस्टिनलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा पिएसजीले १-० गोलको जित निकालेको हो। पिएसजीको जितमा केलियन एमबाप्पेले ७३ मिनेटमा गोल गरे।
जितसँगै पिएसजीको २३ खेलबाट ६२ अंक जोडेको छ। दोस्रो स्थानको लिलेको ५० अंक छ। लियोनको ४६ अंक छ।










