एमबाप्पेको गोलमा पिएसजीको जित, लियो १२ अंकको अग्रता

प्रकाशित मिति:

पेरिस– फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सेन्ट इस्टिनलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा पिएसजीले १-० गोलको जित निकालेको हो। पिएसजीको जितमा केलियन एमबाप्पेले ७३ मिनेटमा गोल गरे।

जितसँगै पिएसजीको २३ खेलबाट ६२ अंक जोडेको छ। दोस्रो स्थानको लिलेको ५० अंक छ। लियोनको ४६ अंक छ।