रुपन्देही/रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’अन्तर्गतको खेलमा बुटवल युथ स्पोट्र्स क्लब, बुटवललाई फराकिलो अन्तरले हराउँदै गोलपार्क क्रिकेट क्लब, बुटवल विजयी भएको छ । गोलपार्कले बुटवल युथमाथि १२५ रन अन्तरको फराकिलो जित निकालेको होसिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बल खेल्दै सबै विकेट गुमाई २२५ रनको योगफल बनाएको थियो । उसका लागि आषिश लोहनीले ६०, अमित तामाङले ५७, राजेश थापाले २९, देवान पुनले २३ र अजय बश्यालले २५ रन बनाए । बलिङमा बुटवल युथका अजय चौधरीले ५, मोहन भुसाल र घनश्याम थारुले २÷२ तथा आरिफ हुसेनले १ विकेट लिए ।
प्रउित्तरमा २२६ रनको लक्ष्य पछ्याएको बुटवल युथ ३० ओभर ४ बलमा अलआउट हुँदै जम्मा १ सय रनमै समेटियो । उसका लागि कृष्ण भुसालले २१, आषिश क्षेत्रीले १७ र पुस्कर थापाले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले हार व्यहो¥यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा गोलपार्कका शैलेष श्रेष्ठले ४, अमित तामाङ र देवान पुनले समान २÷२ तथा विशाल भुसालले एक विकेट लिए ।
खेलमा गोलपार्कका अमित तामाङ म्यान अफ द म्याच घोषित भएको संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । बुधबार डिभिजन ‘बी’अन्तर्गत नै रहेका बुटवल राइनोज क्रिकेट क्लब, बुटवल र स्टार क्रिकेट क्लब, ओमसतियाबीच प्रतिस्पर्धा हुने अध्यक्ष मल्लले जानकारी दिए । प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
लिगमा ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा स्न्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ । । लिग चैत ६ गतेसम्म चल्ने छ ।










