युवा विद्यार्थीका लागि बुटवलमा लागुऔषधी सम्वन्धि सचेतना

प्रकाशित मिति:

झविन्द्र देवकोटा /बुटवल –  बुटवलमा युवा तथा विद्यार्थीका लागि लागुऔषध तथा दुब्यसनी सम्वन्धि सचेतना कार्यक्रम भएको छ । किशोर अवस्था नागेका युवा तथा विद्यार्थीहरुलाई लागु औषधको असर र यसले निम्त्याउने समस्याका बारेमा जानकारी गराउनका लागि सचेतनामुलक कार्यक्रम गरिएको हो । बुटवल उपमहानगरपालिका वडानम्बर ८ को सहयोग तथा खुसि जीवन नेपालले बुटवलको एभरेष्ट माविमा गरेको कार्यक्रममा युवा तथा एभरेष्ट माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

एभरेष्ट माविका बरिष्ट सहायक प्राचार्य माधवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सामाजिक विकास संयोजक सिता आचार्यले युवा अवस्था जेदेख्यो जे भोग्यो त्यहि सिक्ने भएकाले लागुऔषध दुब्यसनीबाट जोगाउन युवाहरुलाई लागुऔषध सम्वन्धी सचेतना आवश्यक रहने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष भीमबहादुर श्रेष्ठ, जनप्रतिनिधि गोमती सुनार, खुसि जीवन नेपालका अध्यक्ष महेन्द्र विश्वकर्मा, सुनिता गहतराज लगायतले युवाहरुलाई खाली बस्नुभन्दा पनि उनीहरुलाई ब्यस्त राख्ने हो भने विकृतितर्फ लाग्न नपाउने सुझाव दिनु भएको थियो । कार्यक्रम पुर्व प्लेकार्ड सहितको सचेतनामुलक ¥यालीले बुटवलको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।