जनता माविको ३७ औं जन्मोत्सव सम्पन्न

प्रकाशित मिति:

बुटवल /तिलोत्तमा नगरपालिकाको–१३ मा अवस्थित जनता मावि, (साधारण तथा प्राविधिक) ले आफ्नो स्थापनाको ३७औं जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समीति अध्यक्ष शोभाखर चापागाईंकोअध्यक्षतामा राष्ट्रिय सभा सदस्य तथा नेकपा सचेतक खिमलाई भट्टराईको  अतिथ्यता र प्रदेश सभा सदस्य
सष्पा चौधरीको विशिष्ठ अतिथ्यतामा बार्षिकोत्सव सम्पन्न गरेको हो ।मित्रलाल क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय व्यावस्थापन समीति सदस्य बेद प्रसाद न्यौपानेले गोठबाट सरु गरेर व्ययभार थेग्न नसक्ने अवस्थामा पनि देउसी भैलो खेलेरै स्थापित गरेको विद्यालयले३७औ बसन्तमा प्रवेश गर्न सफल भएकोमा ख७३घढसशी व्यक्त गर्दै संस्थालाई मजव७३घढसत बनाउन सबैको साथ र सहयोगकोअपरिहार्यता औल्याए ।

विद्यालको बार्षिक प्रतिवेदन प्रस्त गर्दैै प्रधानाध्यापक प्रचण्ड जिसीले २०७५को शैक्षिक सत्रबाटै प्राविधिक शिक्षाअन्र्तगत सिभिल सब–ओभरसियरका कक्षाहरु सञ्चालन गरिसकेको जानकारी गराउँदै आगामी दिनमा छिट्टै तीन बर्षे ओभरसियरको लागि प्रक्रिया अगाडी बढाईसकेको जानकारी गराए ।गुणस्तरिय शिक्षाको लागि आवश्यक प्रक्रियाहरु अभलम्वन गर्दै अगाडी बढेको बताउँदै जिसीले प्ले ग्रुप् भर्ना गरेर दक्ष जनशक्तिको रुपमाईन्जिनियर बनाएर घर पठाउने विद्यालयको  प्रमुख लक्ष्य भएको बताए । उनले विद्यालयलाई हालको अवस्थासम्मल्याउन अभिभावकहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै विद्यालयले सबैलाई उच्च सम्मानको ओहोदामाराखिरहने बताए । प्रमुख अतिथी खिमलाल भट्राईले जनता माविको  सुरुको अवस्थाले भित्र्याएको परिवर्तित वर्तमान अवस्थालाई प्रशंसा गर्दै सबै शैक्षिक संस्थाहरुले जनता माविबाट ज्ञान लिएर दक्ष जनशक्ति उत्पादन तथा  गुणस्तरिय शिक्षाको लागि आवश्यक कदमहरु चाल्न आग्रह गरे । उनले वर्तमानको आवश्यकता र भावी लक्ष्यमा  व्यावहारिक शिक्षाको खाँचो रहेको औल्याउँदै शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनले गुणस्तरिय शिक्षाको लागि सबै एक भएर लग्नु पर्ने बताए । जनता माविको विगत देखि वर्तमान आवस्थाको बारेमा  जानकार रहेको बताउँदै प्रमअतिथीभट्टराईले विद्यालयका भावी कार्यक्रम तथा योजनाहरुलाई सार्थक बनाउन प्रधानमन्त्री लगायत सम्बन्धित निकायमा जान तयार रहेको प्रतिवद्धता गरे ।कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समीति अध्यक्ष शोभाखर चापागाईंले लामो समयको मिहेनत पश्चात प्राविधिक तर्फका कक्षाहरु सञ्चालन गर्न सफल भएको जानकारी गराए । उनले गुणस्तरिय शिक्षाको लागि विभागिय समीतिहरु निर्माण गरेर जिम्मेवारी बाँडफाँड गरेको जानकारी गराउँदै कमजोर आर्थिक अवस्था स७३घढसधारको लागिअक्षयकोषको स्थापना गरेर शैक्षिक सत्रलाई अक्षयकोषको बर्षको रुपमा लिएको बताए ।

विद्यालयको प्रगतिको लागि हरेक दृष्टीकोण सहयोग गर्ने अभिभावक तथा व्यक्तित्वहरुलाई विशेष सम्मान गर्दै विद्यार्थीहरुका विभिन्न साँस्कृतिक कार्यक्रमहरु र ख्यातीप्राप्त लोक तथा दोहोरी गायक बिमलराज क्षेत्रीको विशेष  सांगितिक प्रस्तुति रमझमका साथ बार्षिकोत्सव मनाएको थियो