कुनै उच्च सफलता हासिल गर्नु, कुनै अत्यासलाग्दो विफलतामा फस्नु, यी दुबैलाई हामी एउटै नाम दिन्छौं भाग्यको खेल । जब कसैले लोभलाग्दो उन्नती गर्छ, तब हामीलाई लाग्छ ‘फलानोको भाग्य कति बलियो जब कोही रातारात कंगाल बन्छ वा असाह्य बन्छ, तब हामीलाई लाग्छ, ‘फलानोलाई भाग्यले ठग्यो । के वास्तवमा मान्छेले जीवनमा भोग्ने उतार(चढाव ‘भाग्यकै खेल हो त भाग्यसँग हामी किन यति धेरै एकाकार भयौं भाग्य कसरी निर्माण हुन्छ स्वभाविक रुपमा चासोको विषय हो । भाग्य, जसलाई हामी नियती पनि भन्ने गर्छौं । भाग्य बलियो हुनु भनको संयोगवस् लाभ प्राप्त हुनु हो । भाग्य कमजोर हुनु भनेको संयोगवस् कुनै सफलता हातबाट उम्कनु हो । दुर्गतीमा फस्नु हो । तर, मान्छेको जीवनमा भाग्यले काम गरेको हुन्छ त भाग्यसँग किनपनि हाम्रो आशक्ति छ भने कहिले काहीँ राम्रै काम गर्दा वा मेहनत गर्दा पनि हामीलाई विफलता हात लाग्छ । कहिले काहीँ चाहि अनपेक्षित रुपमा सफलता हात लाग्छ । यस्तो अवस्थामा हामी आफ्नो कर्म, मेहनत, श्रम आदिलाई भन्दा पनि ‘भाग्य’लाई जस वा अपजस दिने गर्छौं । त्यसो भए हाम्रो उन्नती वा दुर्गतीमा भाग्य नै कारक हुन्छ त भाग्यप्रति कति निर्लिप्तजो मानिस भाग्यमा विश्वास गर्छ, भाग्यमै निर्भर सहन्छन्, उनीहरु सदैव तारा, ग्रह, नक्षत्रलाई हेर्ने गर्छन् । आफू बसेको स्थानलाई समेत भाग्यसित जोडेर हेर्ने गर्छन् । कतिसम्म भने जुत्ता किन्दा होस्, वा साबुन । स्थान छनोट गर्दा होस् वा नम्बर उनीहरु भाग्यमै निर्भर रहने गर्छन् ।परिणामस्वरुप, जुन कुरा सजिलै प्राप्त गर्न सकिन्छ, भाग्यको पछि लागेर मानिसहरुले त्यो कुरा समेत गुमाउने गर्छन् । त्यसैले जीवनमा कुनै पनि कुरा पाउनु र गुमाउनुमा तपाईं आफै जिम्मेवार हुनुहुन्छ । तपाईंको शान्ती वा अशान्ती, स्वास्थ्य, मानसिकता वा पागलपना, तपाईको खुशी, दुखी, मानव शरीर भित्रको भगवान वा राक्षस तपाईंमै निर्भर गर्छ । यस अर्थमा कसैले भाग्यको कुरा गर्छ भने त्यो भनेको ‘दुरदृष्टी’ को कमी हो ।
आफ्नो जीवन आफ्नो हातमा भाग्यकै भरमा परेर मानिसहरुले आफूले गर्न सक्ने काम गर्नुको सट्टा यस्ता कुराको प्रतिक्षा गर्छन्, जसले सबै कुरा आफै गर्दियोस् । तर हामी के सोच्छां भने हाम्रो वरिपरि जे हुन्छ, त्यो सबै भाग्य वा दुभाग्यकै कारण भएको हो । उदाहरणका लागि हामी दिनभर कस्तो अनुभव गर्छौ, त्यो हामीमा निर्भर रहन्छ । हामी वरिपरिका मानिससित कति झै झगडा गर्छौ हामी बीच कति वैमनश्यता हुन्छ त्यो वरिपरिको परिस्थिति, वातावरण र आफूमा भर पर्छ । तर हामी यसलाई भाग्यसित जोडेर हेर्ने गर्छौ । जबकी यस्तो कुरा व्यक्ति अनुसार फरक हुने गर्छ । तपाइर्ं एक विशेष प्रकारको मान्छे हो भने तपाइंलाई विशेष किमिसको चीजले नै आकषिर्त गर्छ । यदी तपाईं अर्को किसिमको व्यक्ति हो भने तपाईंलाई अन्य कुराले आर्कषित गर्न सक्दछ । भाग्यशाली हुनुको मतलव भाग्यशाली भनेको दृटि हो । यसको मतलव हो, देख्नु । अभागीको अवलम्बन हो अदृष्ट अर्थात नदेखिए झै गर्नु । त्यसैले, यदि तपाईं देख्न सक्नुहुन्छ भने यो थाहा पाउन सक्नु हुन्छ कि तपाईंको वरिपरि जे भइरहेको छ, किन भइरहेको छ रु तर जब तपाइर्ं हेर्न सक्नु हुन्छ, तब तपाईंलाई लाग्न यो किन भइरहेको छ र के का लागि भइरहेको छ रु त्यतिबेला, तपाइर्ंलाई यो भाग्य वा दुर्भाग्य हो भन्ने लाग्छ । जसलाई हाम्ी भाग्य पनि भन्ने गर्छौ । अध्यात्मिक हुनु भनेको आफ्नो जीवनलाई पूर्णतया आफ्नो हातमा लिनु हो । आफू अनुकुल चलाउनु हो । जब तपाईं आफ्नो जीवनलाई आफु अनुकुल चलाउनु हुन्छ, तब मात्र तपाईं जागरुक बन्नुहुन्छ । अब समय आइसकेको छ जीवन होशपूर्वक, जागरुकताका साथ बाचौ । भाग्य तारा ग्रहमा निर्भर रहनु हुँदैन । यी भनेका निर्जीव वस्तु हुन् । त्यसैले, भन्नुस् त मानिसहरुलाई निर्जीवको नियती तय गर्न जरुरी छ वा निर्जीव वस्तुले मानिसहरुको नियति तय गर्न जरुरी छ रु
यो त मानिसहरुले नै तय गर्नु पर्छ कि यस्ता निर्जिव वस्तुलाई के गर्नुपर्छ रु यदी कुनै नक्षत्र, तारा वा कुनै ग्रहले तपाईको भविष्यको निर्णय गर्न सक्थ्यो भने उनीहरुले नै तपाईंको नियति तय गरिरहेका हुन्थे । त्यसैले, यस्ता कुरा आफूमाथि हावी हुन दिनु हुँदैन । किनकी एक पटक यसको चक्करमा फसेमा जीवन वर्वाद हुन्छ । मानिसहरु सिमित हुन्छन् । जिन्दगीमा अगाडी बढ्न सकिदैन । यसले तपाईंको विकासको सम्भावनालाई संकुचित बनाई दिन्छ । हो, कहिले काहीँ जीवनमा कुनै कुरा अनायासै भइदिन्छ । तर यदी हामीले यस्ता कुरालाई पर्खिएरै बसिराख्यौ भने हुन सक्छ त्यो राम्रो कुरा आउँदासम्म जीवन नै समाप्त भइसक्छ । अझ भनौ, तपाई भाग्य वा अवसरको प्रतिक्षामा हुनुहुन्छ भने भय र चिन्ताले तपाईलाई सताउनेछ । जब तपाई योजनाका साथ, योग्यताका साथ बाच्नुहुन्छ, तब तपाईसित के भइरहेको छ, के भईरहेको छैन भन्ने कुराले खासै महत्व राख्दैन । बरु विकराल परिस्थितिमा पनि तपाईं आफूलाई नियन्त्रित राख्न सक्नुहुन्छ । यो नै जीवनको यर्थाथ हो । स्थायी जीवन बाच्ने आधार हो ।












